Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

प्रतिक्षा खबर
२०७८ मंसिर २८, मंगलवार १७:१४

काठमाडौँ, मंसिर २८ गते ।
नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । सभापतिमा पहिलो चरणमा कसैलाइ ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान सुरु भएको हो ।
केन्द्रीय कार्यसमितिको तर्फबाट पार्टी सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले पहिलो मत खसालेको उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । देउवाले मतदान गर्नुअघि वृद्ध र अशक्त मतदाताहरुले मत खसालेका थिए ।
सोमबार १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने कोइरालाले १७०२, सिंहले ३७१, निधिले २४९ र गुरुङले २२ मत पाएका छन् । कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको लागि मतदान हुन लागेको हो ।
दोस्रो चरणमा देउवा र कोइराला प्रतिस्पर्धी छन् ।
सिंह, निधि र गुरुङले देउवालाई समर्थन गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर