Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महाेतरीबाट युवा नेता सराेज कुमार यादवले एमाले पार्टीको केन्द्रिय सदस्य पदमा उम्मेदबारी दिइने गरे घाेषना

प्रतिक्षा खबर
२०७८ मंसिर १०, शुक्रबार १७:१३

शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशनमा प्रदेश २ बाट पनि कार्यसमितिमा उम्मेदबारहरू अघि आएका छन् ।यसअघि प्रदेश २ बाट केन्द्रीय कार्यसमितिमा मधेशी मूलका व्यक्तिहरूलाई एकदमै न्यून संख्यामा राख्ने गरेको थियो । तर यस पटक प्रदेश २ बाट पदाधिकारीदेखि सदस्यसम्मको पदमा उम्मेदबारी दिइने छ ।
प्रदेश २ बाट एक दर्जनभन्दा उम्मेदबारहरूको नाम आएको छ । तर तिनीहरू खुलेर घोषणा चाहिरहेको छैन । केहीले उम्मेदबारी दिने अनौपचारिक रूपमा बताए पनि अधिकांशले चितवनमै गएर निर्णय गर्ने भन्ने बताएका छन् ।गत ८ वर्षपछि भएको महाधिवेशनमा उम्मेदबारहरूले जोडतोडका साथ प्रचार प्रसार गरिए पनि आगामी १० औं महाधिवेशनमा उम्मेदबार महाधिवेशनकै दिन खुलेर आउने सोचमा छन् । यस पटक नेतृत्व चयनमा सर्वसम्मत नभए पनि गुट उपगुट खासै देखएको छैन ।
यस पटक प्रदेश २ बाट दुई/दुई जना सचिव पदमै भिड्ने छ भने अन्य सदस्यहरूमा लडनेछ । प्रदेशका धनुषाबाट रघुवीर महासेठ र रौतहटबाट प्रभु साह सचिव पदका उम्मेदबार हुन । दुवै केपी शर्मा ओली नजिककै मान्छे हुन । महासेठ एमाले पुरानो नेता हुन भने साह नेकपा विभाजनपछि माओवादी केन्द्रबाट आएका हुन ।
महासेठ ओलीका प्रिय पात्र भए पनि साह पनि माओवादी छाडेर आएको कारण ओली धेरै नै नजिकिएका छन् । दुवै मध्ये कसलाई रोज्ने ओलीका लागि समस्या बनेको एमालेका पुराना नेता सत्यनारायण मण्डलले बताए । महासेठले आफ्नो उम्मेदबारी प्रष्ट रूपमा नभने पनि उनका निकटका नेताहरूले सचिव पदका उम्मेदबार हुन स्पष्ट पारेका छन् । साहले आफू सचिव पदको उम्मेदबार रहेको भन्ने बताएका छन् ।
साह र महासेठ बाहेक प्रदेशका धनुषाबाट महासेठका श्रीमति जुली महतो, हरिनारायण महतो, राजकिशोर यादव, रामचन्द्र मण्डल, महोत्तरीबाट टेक बहादुर बलमपाकी, रामदयाल मण्डल, सरोज यादवको नाम चर्चामा रहेको छ ।
त्यस्तै सिरहाबाट लीलानाथ श्रेष्ठ, सप्तरीबाट सुमन प्याकुरेल, उत्तम गौतम, सुवोध यादव, सर्लाहीबाट राजनारायण साह, बाराबाट बलवीर चौधरी, पर्साबाट प्रभु हजरा, बसरूद्दिन अन्सारी लगायतका नेताहरू रहेका छन्् । यी नेताहरूले केन्द्रीय सदस्यका लागि निर्वाचन लड्ने बताइएको छ । नेकपा एमाले दसौं महाधिवेशनका लागि प्रदेश २ बाट २ सय ३२ जना प्रतिनिधि छानिएको छ ।
एमाले प्रदेश २ का सचिव मनोज खड्काले भने अहिलेसम्म मोटामोटी २ सय ३२ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको यसमा थपघट हुन सक्नेछ । उनले दिएको जानकारीअनुसार धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७, बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको छ ।
उनकाअनुसार प्रदेश कमिटीबाट ५ जना मनोनीत गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको हो । नयाँ नेतृत्व चयनका लागि यही मंसिर १० शुक्रबार देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुन गइरहेको छ ।सभार इकागज

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर