Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु

प्रतिक्षा खबर
२०७८ आश्विन १४, बिहीबार १९:३२

जनकपुरधामको रामानन्दचोकस्थित तराई राजधानी अस्पतालमा चिकित्सकको लापरबाहीले एक नवजात शिशुको ज्यान गएको छ ।
चिकित्सकको लापरबाहीका कारण शिशुको जन्म भएको तेस्रो दिनमै मृत्यु भएको हो ।
सर्लाहीको बसबरिया गाउँपालिका–६ बस्ने अजयकुमार साहकी पत्नी सरिता साहलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि तराई राजधानी अस्पतालमा ल्याएका थिए ।
अस्पतालमा पुग्दा भिडियो एक्सरे गराउन भनिएको र एक्सरे गराएपछि अस्पतालका डा. भगवान सहनीले पानीको मात्रा कम रहेको भन्दै उनलाई तत्कालै भर्ना गर्न दबाब दिएको थियोे ।
शिशु जन्मिएपछि दुई दिनदेखि गम्भीर अवस्थामा रहेको र उसलाई एनआईसीयूमा राखेर उपचार भइरहेको अस्पतालका बालरोग चिकित्सक डा. गंगाप्रसाद यादवले आफूहरुलाई भन्दै आएको अजयले बताए ।
तर, बुधबार बिहान साढे ११ बजे एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी दियो,’ उनले थपे ।
अस्पतालका कर्मचारीले बिहान साढे १० बजे नै शिशुको मृत्यु भइसकेको भनिरहेको अवस्थामा साढे ११ बजेतिर रिफरको पुर्जी थमाउनु आफैँमा शंकास्पद रहेको पीडित परिवारले बताएका छन् ।
डा. यादवलाई मंगलबारदेखि नै शिशुको अवस्था ठिक छैन भने अन्यत्र रिफर गरिदिन आग्रह गर्दै आएका थियौँ ।
तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रिफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ अजयले भने, ‘तर, अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्‍यौं ।
सामान्यतया बच्चा जन्मिने समय ३८ हप्तापछि रहे पनि डा. सहनीले ३४ हप्ता ५ दिनमै गर्भबाट शिशुलाई निकालेका कारण बाँच्न नसकेको उनले जिकिर गरे ।
अस्पतालले शिशु र आमा दुवैलाई बचाउनु छ भने तुरुन्त बच्चा निकाल्नुपर्छ भन्दै अप्रेसन गर्नुपर्ने सुझाब दिएको थियो । उनका अनुसार हतास हुँदै आफूले सहमति जनाएको तर सोमबार दिउँसो साढे १२ बजे शिशुको जन्म अप्रेसनबाट नभई नर्मल भएको थियोे ।
चिकित्सकहरुले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा हजारौं रुपैयाँ खर्च गराएर आफ्नो सन्तानलाई मारेको अजयले गुनासो गरे ।
अजयका ससुरा रामभगत साहले आक्रोशित हुँदै भने,‘तराई राजधानी अस्पतालले एक त शिशुको ज्यान लियो, त्यसपछि नर्मल डेलिभरीको बिल ७५ हजार रुपैयाँ थमायो । के यो देशमा कुनै कानुन छैन ?
पैसा कमाउने उद्देश्यले सोझासाझा बिरामीलाई प्रभावमा पारी समयअगावै डेलिभरी गर्नु गलत रहेको भन्दै उनले आगामी दिनमा अन्य व्यक्तिसँग पनि यस्तो घटना दोहोरिन नदिन सम्बन्धित निकायले यसको छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।
यता घटना सम्बन्धमा अस्पतालका सञ्चालक समेत रहेका डाक्टर गंगाप्रसाद यादवले शिशु जन्मेपछि उनको हर्टबिट कम रहेको कारण एनआईसीयूमा राखेर उपचार हुँदै आएको बताए ।
उनले भने,‘सरिताको डेलिभरी कुन अवस्थामा भयो त्यो मलाई जानकारी भएन् । तर, शिशु जन्मेपछि उसको हर्टबिट कम थियो, त्यसैले एनआइसियूमा राखेर उपचार गरियो । अस्पतालले सकेसम्म शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो । तर, बचाउन सकिएन ।
पीडित परिवारले न्यायका लागि अदालतमा मुद्दा दिने चेतावनी दिएपछि अस्पतालले ‘डेलिभरी चार्ज’ रकम छुट गरेको छ ।
यसअघि सोही अस्पतालले गत असार १४ गते महोत्तरीको धमौरा बस्ने निलम सदालाई उपचार खर्च तिर्न नसक्दा बन्धक बनाएर राखेको थियो ।
अस्पतालले निलमको नर्मल डेलेभरीपश्चात् पनि उनलाई बच्चासहित पाँच दिन राखेर डिस्चार्ज गरी पाँच दिनमै आमा र बच्चाको उपचार खर्च ७१ हजार रुपैयाँ तिर्न भनेको थियो ।
जनकपुरधामको रामानन्दचोकमा रहेको तराई राजधानी अस्पताल कानुनी रुपमा अझै दर्ता भइसकेको छैन । अस्पतालका सञ्चालक डा. यादवले भने, ‘हामी दर्ता प्रक्रियामा छौं, अब छिट्टै दर्ता हुन्छ । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर