Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिश

प्रतिक्षा खबर
२०७८ भाद्र २७, आईतवार १४:३८

जनकपुरधाम,भदौ २७ गते ।
प्रत्येक आर्थिक वर्षको ८ महिनामा प्रकाशित गर्नुपर्ने आर्थिक सर्वेक्षण प्रदेश २ सरकारले पहिलोपटक प्रकाशन गरेको छ ।
आर्थिक सर्वेक्षण अनुसार प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको उल्लेख छ ।
प्रदेश सरकारको आर्थिक उन्नतिका लागि गरिबी निवारण, रोजगारी सिर्जना, वित्तीय क्षेत्रको सुधारलगायत आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरी आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको अर्थ मन्त्रालयका सचिव काशिराज दाहालले जानकारी दिए ।
सर्वेक्षणमा वित्त, वित्तीय क्षेत्र, गरिबी निवारण, रोजगारी, सुशासन, सामान्य प्रशासन, कृषि, वन तथा भूमि सुधार, उद्योग पर्यटन तथा भौतिक पूर्वाधारका परिसूचक समावेश गरिएको छ।
कोभिड–१९ का कारण प्रदेश–२ का मात्र नभई देश कै उद्योग पर्यटनलगायत क्षेत्रमा नकरात्मक असर देखिए पनि कृषि र सेवाको क्षेत्रमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ।
प्रदेश २ मा आ.व. २०७७र७८ मा कूल ग्राहस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ३९, ५०.२ र १० प्रतिशत रहेको अनुमान गरिएको थियो। राष्ट्रिय तहमा १३.३ प्रतिशत हिस्सा ओगटेको प्रदेश २ ले कोरोना महामारीमा पनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा १३.२ प्रतिशत योगदान दिएको सर्वेक्षणमा उल्लेख छ । टुडेपाटी-

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर