Advertisement
ताजा खबर
दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद

सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना

प्रतिक्षा खबर
२०७८ भाद्र १५, मंगलवार २०:३१

१५ भदौ, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना गरेको छ । अन्य दलले आफ्नो सचिवालय संघीय राजधानी काठमाडौंमै राख्ने गरेका भए पनि राउतले भने पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा राखेका हुन् ।
मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष राउतले सचिवालयको उद्घाटन गरेका छन् । जनकपुरधामको भानुचोकमा रहेको सचिवालय कार्यालयको उद्घाटन गर्दै उनले अधिकार स्थापित गर्ने पहिलो खुड्किलोको रुपमा जनकपुरधाममै केन्द्रीय सचिवालय स्थापना गरिएको बताए ।
स्वराजको आन्दोलनको क्रममा ज्यान गुमाएका राममनोहर यादवको स्मरण गर्दै सचिवालय स्थापना गरिएको जनमत पार्टीले जनाएको छ । यादवलाई शहीद भन्दै अध्यक्ष राउतले उनको सपनालाई साकार पार्नका लागि संघर्षलाई जारी राख्ने बताए ।
पार्टी कार्यालय उद्घाटनपछि कार्यालय प्राङगणमा पार्टीको झण्डोत्तोलन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर