Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <
☰

मुस्लिमहरुले लागू गर्ने भनेको शरिया कानुन के हो ?

प्रतिक्षा खबर
२०७८ भाद्र ३, बिहीबार २१:४७

३ भदौ, काठमाडौं । अफगानिस्तानमाथि विद्रोही समूह तालिबानले कब्जा जमाएसँगै हिजोआज संसारकै ध्यान अफगानिस्तानमाथि छ । त्यहाँ रहेका मानिसहरुको सुरक्षा र मानव अधिकारको विषयलाई दिएर संयुक्त राष्ट्र संघलगायतका संस्था र शक्ति राष्ट्रहरुले चिन्ता र चासो प्रकट गरेका छन् ।
सामान्य मानिसले पनि अफगानिस्तानमा तालिबानले कडा कानुन लागू गर्ने त्यहाँका सर्वसाधारण पीडामा पर्ने आशंका गरिरहेका छन् । तालिबानका यसअघिको गतिविधिको आधारमा उनीहरुको शासनमा महिला अधिकार कमजोर हुने टिप्पणी पनि भइरहेका छन् ।
धेरै मानिसले यही कारण तालिबानलाई विश्वास गरेका छैनन् । यद्यपि मंगलबारको पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले आफूहरुले महिलाको अधिकार शरिया कानुनभित्र रहेर सुनिश्चित गर्ने बताएका छन् ।
के हो शरिया कानुन ?
यो मुसलमान समुदायको एउटा कानुनी प्रणाली हो । यो प्रणाली कुरान र इस्लाम धर्मगुरुको निर्देशनअनुसार चल्छ । इस्लाम धर्मावलम्बीहरुको दैनिक जीवनयापन, चालचलन, बानी व्यहोरा ईश्वरको चाहनाअनुसार सञ्चालन गर्ने माध्यम शरिया कानुनलाई मानिन्छ ।
अरेबिक भाषा अनुसार शरियाको वास्तविक अर्थ ‘बाटो’ भन्ने हुन्छ । यसले कानुन भन्ने बुझाउँदैन । शरिया कानुन आधारभूत रुपमा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरान र सुन्नामा निर्भर गर्छ । जुन हजरत मोहम्मदको अभ्यास, शिक्षा र भनाइअनुसार बनाइन्छ ।
यो नियम मुस्लिम धर्मगुरुले लगाउने नियम र परम्परागत अभ्यासमा भर पर्छ । यद्यपि शरिया कानुन समुदाय अनुसार कतै कडाइ र कतै खुकुलो हुन सक्छ ।
अहिले विश्वका धेरै मुलुकमा शरिया कानुन लागू भइरहेको छ तर यसको व्याख्या भने फरक फरक रुपमा गरिएको छ । केहीले शरिया कानुनको प्रयोग अंगभङ्ग गर्ने वा ढुङ्गाले हानेर मृत्युदण्ड दिनेजस्ता क्रूर सजाय र महिलामाथिको असमान व्यवहार, पोशाक र स्वतन्त्रतालाई सही देखाउन प्रयोग गर्ने गरेका छन् ।
तालिबानको २० वर्षअघिको कानुन
तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन चलाउँदा निकै कडा किसिमको शरिया कानुन लगाएको थियो । जतिबेला उसले सार्वजनिक रुपमा ढुङ्गाले हानेर मृत्युदण्ड दिने, कोर्रा लगाउने र फाँसी दिनेजस्ता कानुन लागू गरेको थियो ।
यो संगठनले संगीत र सांगीतिक उपकरणमा पनि रोक लगाएको थियो । त्यतिबेला अफगानिस्तानमा चोरी गर्नेहरुको हात काटिदिने नियम थियो ।
आफ्ना गठबन्धनहरुसँग मिलेर उसले अफगानी नागरिकको हत्या गर्ने, राष्ट्रसंघको खाद्य सहयोग रोक्ने र ठूलो मात्रामा खेतीयोग्य जमिन जलाउने र हजारौं मानिसको घर भत्काउनेजस्ता काम गरेको थियो । यो अवधिमा उसले रंगरोगन, फोटो तथा फिल्म निर्माणजस्ता काममा पनि रोक लगाएको थियो ।
महिलालाई कस्तो असर ?
तालिबानको यसअघिको शासनमा महिलालाई घरबाहिर निस्कन कडाइ गरिएको थियो । उनीहरुलाई रोजगारी वा पढ्न जाने अधिकार दिइएको थिएन । आठ वर्ष नाघेका महिला तथा बालिकाले बुर्का लगाउनुपथ्र्यो र घरबाहिर निस्किनुपरेमा पुरुष साथी लिएर जानुपर्ने हुन्थ्यो । साथै उनीहरुलाई हिल भएको जुत्ता चप्पल लगाउन पनि रोक लगाइएको थियो ।
पत्रिका, पुस्तक, पसल वा घरमा पनि महिलाको तस्वीर राख्न अनुमति थिएन । यो नियम नमान्ने महिला वा पुरुष साथी विना नै घरबाहिर निस्किनेलाई पनि सार्वजनिक स्थलमा कोर्रा लगाइन्थ्यो । नङमा पालिस लगाए औंला काटिदिएका घटना पनि सार्वजनिक भएका थिए ।
कसरी बनाइन्छ कानुन ?
शरिया कानुन निकै जटिल किसिमको कानुन हो र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा विज्ञहरुको सुझावको आधारमा तय गरिन्छ । इस्लामिक न्यायमूर्तिहरुले निर्देशिका र नियमहरु जारी गर्छन् । यसरी जारी गरिएको निर्देशिकालाई आधिकारिक नियम मानिन्छ । यसलाई फतवा भनिन्छ ।
शरिया कानुनको पाँच फरक फरक पाटो छ । जसमध्ये हन्बाली, मालिकी, साफी र हानाफी गरी चारओटा सुन्नी सिद्धान्त छन् भने सिया जाफरी भन्ने सिया सिद्धान्त छ । यी सिद्धान्तलाई कसरी व्याख्या गरिएको छ भन्ने आधारमा ठाउँ अनुसार शरिया कानुन फरक पर्छ ।

एजेन्सीहरुको सहयोगमा

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर