Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

आम नागरिकसँग भएका हतियार खोस्दै तालिबान

प्रतिक्षा खबर
२०७८ श्रावण ३२, सोमबार २०:२२

३२ साउन, काठमाडौं । तालिबानले अफगानिस्तानका आम नागरिकसँग भएको हतियार खोस्न थालेको छ । तालिबानका एक अधिकारीले आफ्ना लडाकूले काबुलमा आम नागरिकसँग उनीहरुको हतियार फिर्ता लिइरहेको बताएका छन् । उनीहरुलाई अब सुरक्षाको लागि हतियारको आवश्यकता नभएको भन्दै तालिबानले उक्त हतियार फिर्ता लिएको बताएको छ ।
बीबीसीसँग बोल्दै तालिबानका अधिकारीले भनेका छन्, ‘हामीलाई थाहा छ कि यो हतियार उनीहरुले आफ्नो सुरक्षाको लागि राख्थे । अब उनीहरुले आफैंलाई सुरक्षित महसुस गर्न सक्छन् । हामी यहाँ आम नागरिकलाई नोक्सानी पुरयाउन आएका होइनौं ।
तालिबानका हतियारधारी लडाकू सोमबार स्थानीय टेलिभिजन च्यानलको कार्यालयमा पनि आएका थिए र उनीहरुले त्यहाँका सुरक्षाकर्मीको हतियार लिएर गएका थिए ।
टोलो न्युजले ट्वीटमा भनेको छ, ‘तालिबान काबुलस्थित टोलो न्युजको कार्यालयमा आएका थिए, हाम्रा सुरक्षाकर्मीको हतियारको बारेमा सोधपुछ गरे । जुन हतियार सरकारले दिएको थियो, त्यो फिर्ता लगे र हाम्रो कार्यालयलाई सुरक्षित राख्छौं भनेर गए ।
च्यानलको माउ कम्पनी मोबीका निर्देशक साद मोहसेनीले ट्वीटरमा आफ्नो च्यानलका सबै कर्मचारी सकुशल रहेको र च्यानलको प्रसारण विना कुनै अवरोध जारी रहेको बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर