Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

दसैंमा धनुषाका सबै शक्तिपीठमा बोका बली निषेध

प्रतिक्षा खबर
२०७७ कार्तिक ४, मंगलवार १८:४४

प्रतिक्षा खबर
जनकपुरधाम, कात्तिक ४ गते
प्रत्येक वर्ष विजयादशमीमा चढाइने बोका बली यसवर्ष धनुषाका सबै शक्तिपीठमा नचढ्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दे भिडभाड गरेर पूजाआजा नगर्न समेत प्रशासनले निर्देशन जारी गरको हो । गृह मन्त्रालयले गरेको निर्णय अनुसार नै धनुषाका सबै शक्तिपीठहरुमा भीडभाड गरेर पूजा पाठ नगर्न आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
वडा दशैमा बोका बलीको लागि चर्चित जनकपुरधाम उपमहानगर पालिकाभित्र रहेको राजदेवी मन्दिरमा यसवर्ष कुभुण्डोको बली दिएर ‘क्षमापुजा’ गर्ने भएका छन् ।
सीडीओ भट्टराईका अनुसार मन्दिरमा कुभिण्डो काटेर बली दिने चलन पहिलेदेखि नै चल्दै आएको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन अत्यधिक भीडभाड हुन नदिन सतर्कता अपनाइएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभुण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेको जानकारी दिएका छन् ।
भीड हुन नदिन सुरक्षाको विशेष प्रवन्ध मिलाइएको छ । राजदेवी मन्दिरमा अष्टमीको राती एक दिन मात्र बली दिइन्छ । तर यस वर्ष पुजाको तयारी प्रारम्भ हुनुअगावै बली प्रदान नहुने निर्णय भएकाले भीड हुने सम्भवना नरहेको बताइन्छ । बिहान लड्डु चढाउने भीडलाई समेत नियन्त्रण गरिने धनुषाका प्रमुख उपरीक्षक रमेशकुमार बस्नेतले बताए
सबैलाई सरकारी निर्णयको पालना गर्न आग्रह गर्दै उनले सुरक्षा समितिको निर्णय विपरित कार्य नगर्न अनुरोध समेत गरे । गत वर्ष जनकपुरको राजदेवी मन्दिरमा १४ हजार बोका बली चढाइएको थियो ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर