Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

जनकपुरमा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते

प्रतिक्षा खबर
२०८२ भाद्र १५, आईतवार २१:०३
१४ भदौ, जनकपुरधाम। जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर एकजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

घाइते हुनेमा देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन्। उनको दुवै घुँडामा गोली लागेको छ । घुँडामा गोली लागेका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

यस्तै झडपमा ७ जना प्रहरी र केही सर्वसाधारण समेत घाइते भएका छन्। घाइते सातजना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा हिजो झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो  झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो। त्यस क्रममा ११ सेल अश्रु ग्यास प्रहार गरिएको थियो ।

हिजैदेखि अवस्था त्यहाँको तनाव गटस्थ रहेको छ। डीएसपी सिंहका अनुसार आज दुवै पक्षका भलादमी प्रहरी प्रशासनबीच सोचोकमा रहेको दुवै समुदायको झण्डा हटाउने सहमति भएको थियो। सो क्रममा प्रहरीले गोली र अश्रुत ग्यास समेत प्रहार गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर