Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मिडियाको दबाबका कारण अन्तिम समयमा प्रदेश २मा सार्वजनिक विदा दिएको घोषणा

प्रतिक्षा खबर
२०७८ बैशाख २, बिहीबार १२:०१

प्रतिक्षा खबर ,रामगाेपालपुर
प्रदेश नम्बर २ मा प्रदेश सरकारले आज (विहिबार) प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।प्रत्येक वर्षको सुरुमै २ गते मनाइने जुडशितल पर्वलाई मध्यनजर गदैै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको निजी सचिवालयले एक दिने सार्वजनिक विदाको घोषणा गरेको हो ।कार्यालयको अन्तिम समयमा मन्त्रीको निजी सचिवालयले सार्वजनिक विदाको घोषणा गरेको सूचना जारी गरेको हो । प्रदेशमा विदा भएको नभएको बारे विभिन्न व्यक्तिहरुको फरक फरक धारणा आएपछि दबाबमा सार्वजनिक विदाको अधिकारिक पत्र सार्वजनिक गरेको हो ।विहान करिब ९ः४५ बजेसम्म प्रदेश २ मा सार्वजनिक विदाको बारेमा कुनै अधिकारिक धारणा नआएपनि मुख्यमन्त्री लालबाबू राउतका स्वकीय सचिव दिपक यादवले दुई बर्ष पुरानो विज्ञप्ति सहित सार्वजनिक विदाको पत्र राखेपछि चौतर्फी आलोचना भएको थियो ।जानकारी अनुसार, सोही चौतर्फी आलोचनापछि आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट एक दिने सार्वजनिक विदाको अधिकारिक पत्र सार्वजनकि गरिएको हो । बैशाख २ गते सार्वजनिक विदाको लागि बैशाख १ गते सूचना जारी हुनुपर्नेमा २ गते अन्तिम समयमा आएर सार्वजनिक विदा दिएपछि कर्मचारीहरु पनि आक्रोसित भएका छन् ।
विहानैदेखि कुनै अधिकारिक जानकारी नदिएका मन्त्रालयले कार्यालय जाने अन्तिम समयमा आएर सार्वजनिक विदा दिएको घोषणा गरेपछि कर्मचारीहरुमा पनि अन्यौलता सहित आक्रोस पोखेका छन् ।सार्वजनिक विदाको लागि कम्तीमा पनि एक दिन अगावै जानकारी हुनुपर्नेमा मिडियाको दबाबका कारण अन्तिम समयमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । यसअघि मन्त्रालयका प्रवक्ता अवध किशोर कुशवाहाले समेत विदा नरहेको जनाएका थिए ।यसका साथै, कानुन मन्त्रालयका सचिव बीरेन्द्र यादवले समेत विहिबार प्रदेश नम्बर २ मा सिरहा र सप्तरी बाहेक अन्य जिल्लामा सार्वजनिक विदा नरहेको प्रतिक्रिया दिएका थिए । तर, समाचार सार्वजनिक भएपछि मुख्यमन्त्रीका स्वकीय सचिव यादवको आलोचनापछि दबाबमा मन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर