Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

तत्काललाई मधेश माओवादी संसदीय दलको नेतामा साहकै निरन्तरता, दुई महिनापछि विकल्प खोजिने

प्रतिक्षा खबर
२०८१ भाद्र ९, आईतवार ११:१९

९ भदौ, जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले तत्कालका लागि  निरन्तरता पाएका छन् । दुई महिनापछि भने उनको विकल्प खोजिने नेताहरुको भनाइ छ ।

मधेश प्रदेशका माओवादी केन्द्रका सांसदहरुले शनिबार अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित निवासमा भेटेर साहलाई तत्काल हटाउन माग गरेका थिए । तर अध्यक्ष प्रचण्डले साहलाई दुई महिनासम्म काम गर्न दिन सांसदहरुलाई निर्देशन दिए ।

‘छलफलमा अध्यक्ष प्रचण्डले तत्काललाई नेता साहलाई निरन्तरता दिने र दुई महिनापछि उहाँको विकल्प खोज्ने भन्नुभएको छ । तत्कालै हटाउँदा अपमान हुने र त्यसको सन्देश पनि राम्रो नजाने हिसाबले अध्यक्ष प्रचण्डले मध्यमार्गी बाटो अपनाउनु भएको हो’, छलफलमा सहभागी एक सांसदले भने ।

साह निकट एक सांसदका अनुसार प्रचण्डले राजिनामा दिन ठाडो निर्देशन नदिई दुई महिनापछि विकल्प खोजिने बताएका थिए  । ‘राजिनामाको कुरै आएन । तर अध्यक्षजीले दुई महिनापछि दलको नेताको विकल्प खोजौँला । अहिले दुई महिना साहलाई नै निरन्तरता दिऔं भन्नुभयो,’ साह निकट ती सांसदले भने ।

मधेश प्रदेशमा माओवादी केन्द्रका ९ प्रदेश सांसद मध्ये ६ जना नेता साहको विपक्षमा छन् । पदमा हुँदा मनपरी गरेको, अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा चलखेल गरेको, उल्टै प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणालीमा कर्मचारीले ह्याक गरी बजेटमा गडबडी गरेको आरोपसहित माओवादी केन्द्रका सांसदहरुले दलका नेता साहलाई हटाउन २५ असारमा अविश्वास प्रस्ताव पेश गरेका थिए ।

संसदीय दलको विधानको दफा २० (१) अनुसार नेता साहविरुद्ध उपनेता युवराज भट्टराई समक्ष अविश्वास प्रस्ताव पेश गर्नेहरुमा प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, रहबर अन्सारीले, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण थिए ।

मधेश प्रदेशसभाको पहिलो कार्यकालकमा पनि नेता साह दलका नेता थिए । उनी त्यसबेला गृह तथा संञ्चार मन्त्री बनेका थिए । दोस्रो पटक प्रदेश सांसद बनेर पुनः दलका नेतामा निर्वाचित भएका उनी जनमत नेतृत्वको सरकारमा अर्थमन्त्री बने । तर महिनादिनमै उनी बर्खास्तीमा परेका थिए ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मधेश प्रदेशको विवाद समाधान उन्मुख भएको बताए । ‘तत्काललाई भरत साहकै निरन्तरता हुने र अरु कुरा पछि निर्णय गर्ने भन्ने कुरा भएको छ,’ मल्लले भने, ‘ जे होस्, विवाद मिल्नेतिर गइरहेको छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर