Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

संविधान संशोधनका नाममा उपलब्धि कमजोर बनाए प्रतिकार’

प्रतिक्षा खबर
२०८१ फाल्गुन १८, आईतवार १८:५७

जारी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले अहिलेका सत्तारुढ दलहरूले संविधान संशोधनको नाममा प्राप्त उपलब्धिहरूलाई कटौती गर्ने, संघीयता कमजोर पार्ने समानुपातिक प्रतिनिधित्व प्रणाली हटाउने, समावेशी प्रतिनिधित्वलाई कम गर्ने कार्य गर्ने खतरा रहेको बताएका छन् । साथै संविधानमा प्राप्त उपलब्धि कमजोर वा समाप्त पार्न खोजिए पार्टीले सडक र सदन दुवै स्थानबाट प्रतिकार गर्ने यादवको भनाइ छ ।

‘यदि संविधानमा प्राप्त उपलब्धिलाई कुनै किसिमले कमजोर बनाउने/समाप्त पार्ने कार्यहरू गरीए हामी सदन र सडकबाट त्यसको प्रतिकार गर्नेछौ’, अध्यक्ष यादवले भनेका छन्, ‘संविधान जारी भएको १० वर्ष बित्न लाग्यो, संविधानमा प्रत्यायोजित प्रदेशको अधिकार प्राप्तिका लागि बनाउनुपर्ने थुर्पै आवश्यक ऐन कानुनहरू नबनाएको हुनाले यसबाट यथास्थितिवादी प्रतिगामी शक्तिहरूको मनोभावना बुझिन्छ ।’ संविधान कार्यान्वयनमा गएपछि संवैधानिक कठिनाइहरूलाई हटाउन र जन पक्षीय संविधान बनाउन संविधान संशोधन अपरिहार्य रहेको यादवको भनाइ छ ।

संविधान संशोधनबारे जसपाले पुनर्लेखन वा संशोधन/परिमार्जन गरी मुलुकमा बसोबास गर्ने सबै समुदायले स्वामित्व ग्रहण गर्न सक्ने संविधान बनाउन चाहेको बताउँदै आएको छ ।

‘संविधान जारी भए देखि नै यो संविधान अधुरो र अपुरो छ, भेदभावयुक्त छ । यसलाई सबैले अपनत्व ग्रहणको लागि संशोधन अपरिहार्य छ भन्ने हाम्रो पार्टीको धारणा रही आएको छ’, अध्यक्ष यादवले भनेका छन्, ‘सामर्थ्य र पहिचानमा आधारित संघीय राज्यपुर्नंसरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरूप, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता र स्वशासनमा आधारित संघीयताको लागि संशोधन अनिवार्य छ । ’

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली पार्टीको एजेन्डा रहेकाले मुलुकमा स्थिरता र सुशासन कायम गर्न, जनताबाट निर्वाचित समानुपातिक समावेशी संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति संविधानमा व्यवस्था गर्नुपर्ने जसपा नेपालको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर