Advertisement
ताजा खबर

घुर ताप्ने क्रममा आगो लागेर एक महिलाको मृत्यु

प्रतिक्षा खबर
२०८० पुष २९, आईतवार १४:३२

सप्तरीमा जाडो छल्न घुर ताप्ने क्रममा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । तिरहुत गाउँपालिका ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार घर अगाडि बालेको घुर ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी थिइन् । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर