Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

काँग्रेस र जसपाले गरे दसैं भत्ता फिर्ता, नेकपा अलमलमा

प्रतिक्षा खबर
२०७७ कार्तिक ४, मंगलवार १७:२६

प्रतिक्षा खबर
जनकपुरधाम, कात्तिक ४ गते ।
कोरोना महामारीको बेला सांसददेखि मन्त्री सम्मले दसैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि धमाधमा फिर्ता गर्न थालेका छन् । विभिन्न सञ्चार माध्यमदेखि सामाजिक सञ्जालहरुमा आलोचना र विरोध सुरु भएपछि दलहरुले दसैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् ।
नेपाली कांग्रेस र जसपाले सबै तहका जनप्रतिनिधिहरुले दसैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
यसैगरी नेकपाका संघीय सांसदहरुले दसैं भत्ताको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । तर, संघीय सांसदहरुले दसैं भत्ता फिर्ता गर्ने निर्णय भएपनि प्रदेशको हकमा भने नेकपाका सांसदहरु अलमलमा परेका छन् ।
प्रदेश २ का नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल दसैं भत्ता फिर्ता गर्नेबारे केन्द्रबाट आफूहरुलाई कुनै निर्देशन नआएको जानकारी दिएका छन् ।
‘संघीय सांसदहरुले दसैं भत्ता फिर्ता गर्ने निर्णय भइसकेको भने,‘तर, प्रदेशमा के गर्ने भन्ने बारे केन्द्रबाट कुनै निर्देशन आइसकेको छैन् ।
पार्टीका कतिपय प्रदेश सांसदहरु दसैं फिर्ता गर्न नहुने मनसायमा रहेको समेत बताए ।
‘पार्टीलाई लेबी बुझाउनपनि कतिपय साथीहरुले दिक्क मान्नु हुन्छ, दसैं भत्ता फिर्ताको कुरा गर्न झनै कठिन छ,’ उनले भने,‘यद्यपि यसबारे साथीहरुसँग एक दुई दिनभित्रै छलफल हुन्छ ।
प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टीले दसैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।
सोमबार काठमाडौंमा बसेको कार्यकारिणी समितिको बैठकले पार्टीका सबै तहको सांसदहरुले दसैं भत्तावापतको रकम कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
यता, नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले पनि दसैं भत्तावापतको रकम कोरोना कोषमा जम्मा गर्न पार्टीको निर्देशन आइसकेको बताए ।
‘दसैं भत्तावापत आएको रकम कोरोना राहत कोषमा जम्मा गर्न आजै पार्टीबाट निर्देशन आइसकेको संसदीय दलका नेता यादवले कांग्रेसका सबै प्रदेश सांसदहरुले यो रकम कोषमा जम्मा गर्नु हुनेछ ।
प्रदेश २ का प्रदेशसभा सदस्य र उनीहरुका स्वकीय सचिवले असोज ३० अघि दसैं भत्ता पाइसकेका छन् । प्रदेशसभा सचिवालयका अनुसार सांसद र उनीहरुको स्वकीय सचिवालाई ५७ लाख २९२ रुपैयाँ दर्सै भत्ता पठाइएको छ । प्रदेशसभाका सभामुखले ६८ हजार ४ सय ४०, उपसभामुख, विपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतकले ६७ हजार २४ र सांसदले ६१ हजार २० रुपैयाँ दसैं भत्ता पाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर