Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

डा गाेविन्द केसीकाे अवस्था गम्भीर हुन थालियो

प्रतिक्षा खबर
२०७७ आश्विन १८, आईतवार १७:१९

प्रतिक्षा खबर
काठमाडौं, असोज १८ गते ।
त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।
२१ दिनदेखि अनसनरत डा. केसीलाई छातीमा अत्यधिक पीडा महसुस भएको र शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गएको छ ।
केसीको साथमा रहेका सहयोगी डा. तोसिमा कार्कीका अनुसार करिब एक घण्टाअघिदेखि उनलाई छातीमा निकै पीडा महसुस हुन थालेको छ ।
‘स्याचुरेसन (शरीरमा अक्सिजनको मात्रा) झर्न थालेपछि हामीले डा. सुवास आचार्यलाई बोलायौं । उहाँले हेरेर अहिले अक्सिजन दिन थालिएको छ । शरीरमा चाहिने इलेक्ट्रोलाइटको कमी हुँदा फोक्सोले शरीरलाई चाहिने मात्रामा अक्सिजन लिन नसकेकाले अहिले ६ लिटर अक्सिजन सपोर्ट दिइएको छ,’ उनले भने ।
डा. केसीले अक्सिजनबाहेक अन्य कुनै औषधि नलिने बताएको उनले बताए । केसीको उपचारको नेतृत्व गरिरहेका शिक्षण अस्पतालको क्रिटिकल विभाग प्रमुख डा. सुवास आचार्यले उनलाई कुनै पनि बेला आईसीयूमा सारेर उपचार शुरु गर्नुपर्ने अवस्था आउन सक्ने जानकारी दिएको पनि उनले बताए । उनका अनुसार केसीको रक्तचाप पनि घट्दै गएको छ ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर