Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

मरहा खाेलाबाट तस्करहरु बलुवा गिटी उत्खन्न गरिदै

प्रतिक्षा खबर
२०७७ बैशाख ५, शुक्रबार ०८:४९

प्रतीक्षा खबर
महोत्तरी, वैशाख ५ गते
अदालतको अपमान गर्दै मध्य रातमा महोत्तरीको मरहा खोलाबाट तस्करहरुले बालुवा–गिटी उत्खन्न गरिरहेका छन् । लकडाउनको मौका छोपेर गैरकानुनी रुपमा क्रसर संचालन गरिरहेका व्यवसायीको आवरणमा रहेका गुण्डाहरुले नदीजन्य पदार्थ तस्करी गरिरहेका हुन् ।
गौशाला नगरपालिकाले लगाएको ठेक्कामा विपक्षीले अदालतमा मुद्धा लागेका थिए । अर्को आदेश नआएसम्म तत्कालकालागि खोला उत्खनन रोक लगाइएको थियो ।
कोरोना भाइरसको महामारीबाट जनतालाई बचाउन प्रहरी–प्रशासन, स्थानीय सरकार व्यस्त रहँदा तस्करीले रातारात खोला अबैध उत्खन्न गरिरहेका छन् ।
लकडाउनमा गरिवहरु भोकभोकै भएको बेला तस्करहरु प्राकृतिक स्रोतको तस्करी गरिरहेका छन् । अबैध कार्यको रिपोटिङ्ग गर्न गएका अन्नपूर्ण पोस्ट्का राजकरण महतो र उनका क्यामरा पर्सन विवेक महतोलाई तस्करहरुले लटेका छन् ।
नदी उत्खननको फोटो÷भिडियो खिच्दा तस्कार र क्रसर संचालकहरुले पालेका गुण्डाहरुले पत्रकारलाई घेरेका थिए । अवस्था गम्भिर बन्दै गएपछि उनीहरु झुक्याएर घेराबन्दीबाट भागेका थिए । दुई वटा मोटरसाइकल चढेका चार जनाले लखेट्न थालेपछि पत्रकार महतो मोटरसाइकल भगाएर गौशाला– ८ बेलगाछीस्थित खाल्टे बजार पुगेर इलाका प्रहरी कार्यालय गौशालालाई फोन गरेर गुहार मागेका थिए ।
इन्स्पेक्टर प्रकाश रेग्मीको टोली पत्रकारलाई सुरक्षा दिन खाल्टे बजार पुगेका थिए । पत्रकार महतो र क्यामरा पर्सनलाई प्रहरीले आफ्नै भ्यानमा राखेर खोला पुग्दा तस्करहरु क्रसरमा सवारीसाधन थन्काएर फरार भएका थिए ।
एक करोंड १५ लाखमा महरा खोलाको ठेक्का गौशाला नगरपालिकाले गत फाल्गुणको पहिलो साता ठेक्का लगाएको थियो । अनिष कन्ट्रक्सन जनकपुर–४ को पोल्टामा ठेक्का परेको थियो ।
प्रक्रिया पुरा नगरिकन ठेक्का लगाएको भन्दै अदालतमा विपक्षिले मुद्धा हालेका थिए ।
सूचना अधिकारी रञ्जित कुमार बर्माका अनुसार, अदालतमा मुद्धा परेपछि खोला उत्खन्न रोकेका छौ । प्रहरी–प्रशाजन, ठेक्केदारलाई त्यसको जानकारी पठाइएसकिएको छ ।
‘अदालतको निर्णय आएपछि मात्र खोला खन्न ठेक्केदारलाई भनेका थियौं,’ गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले भने ।
नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले अवैध कामको रिपोटिङ्ग गर्न गएका पत्रकारहरुलाई धम्काउनु लेखनु प्रेस स्वतन्त्रता विरोध कार्य भएको बताए । तुरुन्त अबैध कामको बन्द गराई पत्रकारहरुलाई धम्काउने र लखेनेको खोजी गरेर कारवाही गर्न उनले प्रहरी प्रशासनसंग माग गरेका छन् ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर