Advertisement
ताजा खबर
जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै

मरहा खाेलाबाट तस्करहरु बलुवा गिटी उत्खन्न गरिदै

प्रतिक्षा खबर
२०७७ बैशाख ५, शुक्रबार ०८:४९

प्रतीक्षा खबर
महोत्तरी, वैशाख ५ गते
अदालतको अपमान गर्दै मध्य रातमा महोत्तरीको मरहा खोलाबाट तस्करहरुले बालुवा–गिटी उत्खन्न गरिरहेका छन् । लकडाउनको मौका छोपेर गैरकानुनी रुपमा क्रसर संचालन गरिरहेका व्यवसायीको आवरणमा रहेका गुण्डाहरुले नदीजन्य पदार्थ तस्करी गरिरहेका हुन् ।
गौशाला नगरपालिकाले लगाएको ठेक्कामा विपक्षीले अदालतमा मुद्धा लागेका थिए । अर्को आदेश नआएसम्म तत्कालकालागि खोला उत्खनन रोक लगाइएको थियो ।
कोरोना भाइरसको महामारीबाट जनतालाई बचाउन प्रहरी–प्रशासन, स्थानीय सरकार व्यस्त रहँदा तस्करीले रातारात खोला अबैध उत्खन्न गरिरहेका छन् ।
लकडाउनमा गरिवहरु भोकभोकै भएको बेला तस्करहरु प्राकृतिक स्रोतको तस्करी गरिरहेका छन् । अबैध कार्यको रिपोटिङ्ग गर्न गएका अन्नपूर्ण पोस्ट्का राजकरण महतो र उनका क्यामरा पर्सन विवेक महतोलाई तस्करहरुले लटेका छन् ।
नदी उत्खननको फोटो÷भिडियो खिच्दा तस्कार र क्रसर संचालकहरुले पालेका गुण्डाहरुले पत्रकारलाई घेरेका थिए । अवस्था गम्भिर बन्दै गएपछि उनीहरु झुक्याएर घेराबन्दीबाट भागेका थिए । दुई वटा मोटरसाइकल चढेका चार जनाले लखेट्न थालेपछि पत्रकार महतो मोटरसाइकल भगाएर गौशाला– ८ बेलगाछीस्थित खाल्टे बजार पुगेर इलाका प्रहरी कार्यालय गौशालालाई फोन गरेर गुहार मागेका थिए ।
इन्स्पेक्टर प्रकाश रेग्मीको टोली पत्रकारलाई सुरक्षा दिन खाल्टे बजार पुगेका थिए । पत्रकार महतो र क्यामरा पर्सनलाई प्रहरीले आफ्नै भ्यानमा राखेर खोला पुग्दा तस्करहरु क्रसरमा सवारीसाधन थन्काएर फरार भएका थिए ।
एक करोंड १५ लाखमा महरा खोलाको ठेक्का गौशाला नगरपालिकाले गत फाल्गुणको पहिलो साता ठेक्का लगाएको थियो । अनिष कन्ट्रक्सन जनकपुर–४ को पोल्टामा ठेक्का परेको थियो ।
प्रक्रिया पुरा नगरिकन ठेक्का लगाएको भन्दै अदालतमा विपक्षिले मुद्धा हालेका थिए ।
सूचना अधिकारी रञ्जित कुमार बर्माका अनुसार, अदालतमा मुद्धा परेपछि खोला उत्खन्न रोकेका छौ । प्रहरी–प्रशाजन, ठेक्केदारलाई त्यसको जानकारी पठाइएसकिएको छ ।
‘अदालतको निर्णय आएपछि मात्र खोला खन्न ठेक्केदारलाई भनेका थियौं,’ गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले भने ।
नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले अवैध कामको रिपोटिङ्ग गर्न गएका पत्रकारहरुलाई धम्काउनु लेखनु प्रेस स्वतन्त्रता विरोध कार्य भएको बताए । तुरुन्त अबैध कामको बन्द गराई पत्रकारहरुलाई धम्काउने र लखेनेको खोजी गरेर कारवाही गर्न उनले प्रहरी प्रशासनसंग माग गरेका छन् ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर