Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

कोरोनाको महामारीको समयमा गौशालाका युवाले गरे रक्तदान, ५९ जनाद्धारा रक्तदान

प्रतिक्षा खबर
२०७७ जेष्ठ ३२, आईतवार २०:३६

धनवीर कुशवाहा

गौशाला, जेठ ३२ गते ।।
कोरोना महामारीको समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ महोत्तरीको गौशालामा ५९ जनाले रक्तदान गरेका छन । आईतबार गौशाला युवा संजालले विश्व रक्तदाता दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमकाबीच सो संख्यामा रक्तदान गरेका हुन । गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित सो रक्तदान कार्यक्रमको शुभाराम्भ वडा नं. ४ का वडाअध्यक्ष रामबाबु साहद्धारा गरेका थिए । विहान १० बजेदेखि शुरु भएको सो रक्तदान कार्यक्रममा जनप्रतिनिधी, चिकित्सक, युवा युवती, समाजसेवी, वुद्धिजिवी, नागरिक समाज, संचारकर्मी लगायतका व्यक्तिहरुले रक्तदान गरिएको कार्यक्रम संयोजक रश्मीश्री सिंहले बताईन । महोत्तरी युवा संजालको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको संयोजक सिंहले जानकारी दिईन ।
महोत्तरी युवा संजालले यस महामारीको समयमा विभिन्न जनचेतना कार्यक्रम गर्दै आएका छन भने वर्तमान परिवेशमा रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको महोत्तरी युवा संजालका अध्यक्ष चुडामणि यादवले बताएका छन । दस वटा स्थानिय तहमा युवा संजाल गठन भइसकेको र वाँकी रहेको स्थानमा चाँडै नै युवा संजाल गठन गरिने अध्यक्ष यादवले जनाएका छन ।
गौशालाका युवाहरुले गरिएको कार्यले यहाँका आमजनमानसमा थप उर्जा मिल्ने गौशाला नगरपालिकाकी उप प्रमुख आशा लामाले बताईन ।
कार्यक्रमकाबीच संजालले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर