Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

हाकिमहरुको नाम लिदै लुट धन्दामा मिश्र सक्रिय : किन हुँदैन कार्वाही ?

प्रतिक्षा खबर
२०७७ जेष्ठ ६, मंगलवार १०:५४

महोत्तरी। बिश्वब्यापी रूपमा फैलिदै गएको कोरोनाको सन्त्रासका कारण देश अहिले लकडाउन अवस्थामा छ । बिगत ५७ दिनदेखि देश लकडाउन अवस्थामा पुग्दा त्यस्को उच्च श्रेणीमा सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भन्सार कार्यालयका कर्मचारीहरु ओहोरात्र खटिदै आएका छन् । लकडाउनको समयमा सरकारी कर्मचारीहरू जसोतसो गरेर आफू असुरक्षित रहँदा रहँदै पनि नागरिकहरुलाई सुरक्षाको प्रत्याभुती दिलाइ रहेका छन् । 

तर, प्रदेश नम्बर २ मा भने नेपाल प्रहरी र सर्वसाधारण नै एक नागरिकबाट पीडित भएको घट्ना बाहिरिएको छ । हो, झट्ट सुन्दा अपत्यारिलो लाग्ने यथार्थ घट्ना घटेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका वर्डा नम्बर ६ बस्ने अन्दाजी बर्ष ४५ को मनोज मिश्र अवैध अशुली धन्दामा संलग्न रहेको खुल्नमा आएको छ ।

स्रोतका अनुसार दुई नम्बर प्रदेशलाई कार्यक्षेत्र बनाएर धनुषा र महोत्तरीको  प्रहरी र सर्वसाधारणलाई दुख दिने मिश्रले कहिले आफूलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका डिआइजीको घुमुवा हुँ भन्ने त कहिले भन्सार कार्यालयका हाकिमको घुमुवा हुँ भनी खुलेआम रूपमा हाकिमहरु समेतलाई गुमराहमा राखी रकम अशुल्ने कार्य गर्दैआएका छन् । 

प्रदेशमा जो प्रहरी प्रमुख भएर आए पनि मन जित्न सफल भएका मिश्रले अहिले दुई नम्बर प्रदेश अन्तर्गत रहेका विभिन्न जिल्लाहरुमा सर्वसाधारण तथा ब्यापारीहरु समेतलाई डर, त्रास धम्की दिदै रकम उठाउने अभियानमा लागेको स्रोतले बताएको छ । नाम नबताउने सर्तमा एक ब्यापारी भन्छन् : उनको अशुली धन्दाले त हामी आजित भयौं । पैसा माग्छन् , नदिए अडियो सुनाउँछन् र कार्वाही गर्छु भनी धम्की दिन्छन् ।

उनी थप्छन् : आफूलाई डिआइजीको पात्र रहेको भन्दै अशुली धन्दालाई उनलेे मच्चाउने गरेका छन् । उनलाई कार्वाही कस्ले गर्ने ?  फरार अभियुक्तलाई नियन्त्रणमा लिन सहयोग गरिदिन्छु भन्दै प्रहरी प्रमुख समेतलाई हातमा लिएर विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुलाई अनावश्यक रूपमा दु:ख दिने गरेका छन् । हाकिमहरु समेतको नाममा खुलेआम रूपमा अपराधीक गतिविधि गरि रहदा समेत प्रहरी प्रमुखहरु मौन रहनुले पनि न माथिल्लो निकाय कै ब्यक्ति संलग्न त छैनन् भन्ने समेत शंका उब्जिएको छ ।

सीमामा लकडाउनको बेला पनि भारतबाट आउने अवैद्य समानहरुलाई चोरबाटो देखाईदिने, सीमाबाट समान पास गराइदिने र त्यसवापत असुली गर्ने गरेको देखिएको छ । 

महोत्तरीको गौशालाका एक व्यापारीसँगको अडियो रेकर्डमा मिश्र भनेका छन्–“अहिले काम चल्दैछ त, सम्सी नाका र इटहर्वा नाका दुवै नाकाबाट काम चल्दैछ रातीमा, काम हुन्छ ।” त्यसपछि ती व्यापारीले छबिलाको नाम लिँदै उनको काम हुन्छ ? भनेर सोध्छन, त्यसपछि मिश्रले, आफू छबिला सँग भेटेको तथा १५०० रुपैयाँ दिएको भनेका छन् । 

यसका साथै, उनले ती व्यापारीसँग भनेका छन्,–“तिम्रो त आईटमहरु नै त्यस्तो छ, अहिले सम्सीबाट सबै किरानाको काम चल्दैछ । तर, समान ल्याउन गएपछि निकाल दिन्छ जसरी पनि ।”

यता, मिश्रसँग सम्पर्क गर्दा उनले अडियो रेकर्डिङग अरुको हुन सक्ने प्रतिक्रिया दिएका छन् । उनले यस्तो कार्यमा सँलग्न नभएको भनेर प्रतिक्रिया दिएका छन् । साभार शिरीष न्युज

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर