Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

कुहिएकाे दाल राहत बाँडेकाे अाराेपमा वडा अध्यक्षसहित पक्राउ

प्रतिक्षा खबर
२०७७ बैशाख ९, मंगलवार १३:२३

प्रतीक्षा खबर
बारा, वैशाख ९ गते ।
बारामा गुणस्तरहीन दाल राहत बाँडेको आरोपमा २ जना वडाध्यक्षसहित पाँच जना पक्राउ परेका छन् ।
तीन दिनअघि नै उनीहरूलाई पक्राउ गरेपनि प्रहरीले अझै सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरूमाथि कालोबजारी मुद्दाअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
बाराको कलैया उपमहानगरपालिका ७ मा रहेको यादव आईस एण्ड कोल्ड स्टोरमा चार वर्षदेखि भण्डारण गरी राखिएको रहरको दाल खरिदबिक्रीमा उनीहरु संलग्न रहेकोले हिरासतमा राखि बयान सुरु गरिएको एसपी पंगेनीले बताए ।
कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष हरिओम साह सोनार र ७ का वडाध्यक्ष सर्फुल्लाह अन्सारी, वडा २० का सचिव खेदु मियाँ, वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैन र कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादवलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पंगेनीको जानकारी दिए ।
प्रहरीले जैनलाई उनको आफ्नो घर कीर्तिपुर नगरपालिका २ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका जैनले आफ्नो दाल कोल्डस्टोरका सञ्चालकले बिक्री गरेको भन्दै जिल्ला प्रशासन र उद्योग वाणिज्य महासंघमा दाल उपलब्ध गराई दिन र मनोमानी बिक्री गर्नेमाथि कारबाहीको पहल गरिदिन निवेदन दिएका छन् । अरुलाई जिल्लाबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र अन्यको पनि संलग्नता रहे नरहेको बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जनाकारी दिए ।
त्यसैगरी अनुगमनपछि प्रहरीले उक्त कोल्डस्टोर शिल गरेको छ । सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर