Advertisement
ताजा खबर
दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु

लामो समयको खडेरी पछी भएको सामान्य वर्षाले हुन सकेन धान रोपाई

प्रतिक्षा खबर
२०८० श्रावण २३, मंगलवार १५:४३

गोपाल झा     

महोत्तरी , श्रावण २३ गते

महोत्तरी लगायत मधेश प्रदेशमा लामो समयको खडेरी पछि आइतबार साँझदेखी  वर्षा  भइृरहे पनी धान  रोपाईकोलागी चाहिने जती पानी खेतमा न हुँदा किशानको चिन्ता टर्न सकेको छैन ।

लामो खडेरीपछि आएको सिमसिमे पानीले मौसमी राहत मिले पनि कृषि क्षेत्रमा यो वर्षाले अपेक्षित लाभ न हुने देखीएको छ । ५० हजार भन्दा  बढी हेक्टर खेतीयोग्य जमिन रहेको महोत्तरीमा खडेरीका कारण २०.देखी ३० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । साउन महिनाको तेश्रो हप्ता सम्ममा बर्षाको अभावले धाान रोपाई न हुँदा जिल्लाको करिब ८० प्रतिशत भूभाग बाँझो रहेको छ ।

यता हिजोदेखि वर्षा भएपछि यस क्षेत्रका बासिन्दाहरुलाई केही राहत भएको छ । किसानहरुले जेन तेन उपाय गरेर विद्युतीय मोटर र डिप बोरिङको सहयोगमा लगाएको धान सुक्दै गरेको बेला यो वर्षालाई अमृतको रूपमा लिएका छन् । वर्षाले खेतमा पानी नलागे पनि ‘वाटर लेभल’ भने रिचार्ज भएको छ ।

वाटर लेभल तल गएपछि चापाकल, ईनार र डिप बोरिङहरु पनि सुक्न थालेर खानेपानीको पनि ठाउँ ठाउँमा समस्या भएको छ  । तर राति देखी भई रहेको  वर्षाले वाटर लेभल रिचार्ज भएपछि अब खानेपानीको समस्या केहि हदसम्म समाधान हुने देखिएको छ ।

खडेरीको अवस्थामा हिजोदेखि भएको वर्षाले ठूलो राहत पाएको मनरा सिस्वाका किसान रामस्वरुपको भनाइृ छ । उनले डिप बोरिङको सहायताले रोपेको धानमा पानी लागेको छ । यसरी बीच बीचमा वर्षा भयो भने केही न हेकी उब्जा भइहाल्छ  तर फेरी वर्षा भएन भने खडेरीको सामना गर्नुपर्छ ।

मौसम विभागका अनुसार तराई मधेशमा दुई तीन दिन अझै वर्षाको सम्भावना छ । अब कहिलेकाहीँ हल्का वर्षा भए रोपिसकेको धान उब्जिहाल्ने किसानहरूको विश्वास छ ।

न्यून वर्षा भएर धान रोपाई थोरै भएको र रोपिएको धानहरु पनि सुक्न थालेपछि  महोत्तरी  लगायत मधेश प्रदेशका बिभिन्नन जिल्ला विपद् व्यवस्थापन समितिले सुख्खा क्षेत्र घोषणा गरी किसानहरुलाई राहत दिन संघ र प्रदेश दुवै तहका सरकारलाई सिफारिस पनि पठाइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर