Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महाेतरीसंग जाेडिएका सिमा नाकाहरु बन्द गर्न गरियाे निर्णय

प्रतिक्षा खबर
२०७६ चैत्र ८, शनिबार २३:०२

महोत्तरीमा आईतबार बाट भारतसँग जोडिएको ११ वटा सीमा नाका बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिती महोत्तरीले भारतसँग जोडिएको मलिवारा(भिठामोड) बाहेकको सबै सीमा नाका बन्द गर्ने भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको सुरक्षा समितीको बैठकले यस्तो निर्णय गरेको हो । उहाँले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षा सतर्कता अपनाउदै ११ वटा नाकाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
कोरोना भाईरस(कोभिड–१९) नेपाल भित्रिन सक्ने उच्च जोखिमका कारण सुरक्षा सतर्कता अपनाउदै समितीले मटिहानी नगरपालिकाका दुई वटा, मनरासिस्वा नगरपालिकाका पाँच वटा, सोनमा गाउँपालिकाका दुई वटा र सम्सी गाउँपालिकाका–दुई वटा नाका बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी महोत्तरीमा भारतसँग जोडिएका १२ नाकाहरु रहेका छन् । यी नाका बाहेक समेत नेपाल भारतबीचको सानो छोटीनाका र चोरबाटोहरु समेत नेपाली सुरक्षाकर्मीहरुको तर्फबाट बन्द हुने प्रजिअ खत्रीले बताउनुभयो ।
उहाँले भारतीय नागरिकसहित अन्य मुलकबाट आउने नागरिकलाई अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाउने रोक्ने निर्णय भएको बताउनुभयो ।
भारतबाट नेपाल फकर्ने नेपाली नागरिकलाई सीमा नाकाबाट स्वास्थ्य जाँच गराई प्रवेश गर्न दिईने उहाँले जानकारी दिनुभयो ।सभार शिरिश

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर