Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सरकारले कोरोनासम्बन्धी वास्तविक तथ्यांक लुकाएको आरोप

प्रतिक्षा खबर
२०७६ फाल्गुन २९, बिहीबार १९:३२

काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेपालमा कोरोना भित्रिए पनि सरकारले वास्तविक तथ्यांक लुकाएर राखेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो आरोप लगाएका हुन्। उनले नेपालका विभिन्न ठाउँमा कोरोना भाइरसका संक्रमित भेटिएको तर सरकारले यसलाई लुकाइरहेको भन्दै दु:ख व्यक्त गरे।

उनले अहिले कोरोना भाइरसका कारण विश्वका शक्तिशाली देशहरु गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोपसमेत लगाए। ‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ?’ भारत सरकार भारतले विदेशबाट आउने सबै आगन्तुकको भिसा अप्रिल १५ सम्मका लागि स्थगित गरेको कुरालाई उदृत गर्दै उनले भने, ‘भारतले कोरोना संक्रमणलाई मध्येनजर गर्दै सबै देशबाट आउने आगन्तुकको भिसा स्थगित गरेको छ तर नेपाल सरकारले लापरबाही गरिरहेको छ, नेपालमा जुनसुकै देशबाट आउने व्यक्तिलाई कोरोना नभएको प्रमाणपत्रको आधारमा मात्र प्रवेश मिल्छ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ नागरिक कोरोना भाइरस संक्रमित भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखिए पनि बाहिर नभनिएको आशंकासमेत व्यक्त गरेका छन्।

‘वास्तविकता के हो,’ उनले प्रश्न गरे, ‘के सरकारले जानकारी दिनुपर्दैन?’ समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले कोरोना भाइरससँग लड्न सरकारले एउटा विशेष प्लान ल्याउनुपर्ने सझाव दिए। उनले नेपालको हरेक जिल्लामा सरकारले विशेष चितिक्सकको टोलीसहित हेल्प डेस्क राख्न मागसमेत गरे।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर