Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

अयोध्यायको राम मन्दिरमा धनुष राख्न निधि र महामन्त्री रायबीच छलफल

प्रतिक्षा खबर
२०७९ श्रावण १५, आईतवार १०:३१

भारतको अयोध्यायमा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थक्षेत्र सहमत भएको छ।
अयोध्याय भ्रमणका क्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिएका छन्।
छलफलका क्रममा महामन्त्री रायले यो प्रस्ताव सबैले मान्नैपर्ने महत्वपूर्ण बिषय भएको बताए। उनले त्यसमा व्यक्तिगत रुपमा आफू पूर्ण सहमत भएको भन्दै राम मन्दिर ट्रस्ट र निर्माण समितिको बैठकमा प्रस्ताव राखेर निर्णय गर्नुपर्ने बताए। रायले भने ‘मलाई बिश्वास छ त्यो प्रस्ताबमा सबैले सहमति जनाउनु हुनेछ।’
धनुष राख्नका लागि लामो समयदेखि गृहकार्यमा रहेका कांग्रेस नेता निधि र श्रीराम जन्भभूमि तीर्थक्षेत्रका महामन्त्री रायसहित शनिबार अयोध्यायमा छलफल भएको थियो। छलफलमा जानकी मन्दिरका महन्थ श्री रामतपेश्वर दास लगायत जनकपुरवासी तथा राम मन्दिर ट्रस्टका सदस्य डा. अनिल मिश्र लगायतको सहभागिता रहेको थियो।
त्यस अवसरमा नेता निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गरेका थिए।
यसैबीच, राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट बनाउने बिषयमा पनि निधि र रायबीच बिस्तृत छलफल भएको छ।
लामो समयदेखि बिबादमा रहेको रामजन्मभूमिका बिषयमा भारतको सर्बोच्च अदालतको फैसलापछि अयोध्यायमा राम मन्दिर निर्माण कार्य अघि बढाइएको छ। सन् २०२४ भित्र मन्दिर निर्माण गरिसक्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर