Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

प्रदेश २ को नामका लागि फागुन २३ गते मतदान हुने

प्रतिक्षा खबर
२०७६ फाल्गुन १९, सोमबार २०:०८

प्रदेश २ को नामाकरणका लागि दुई वर्षको समयापश्चात मतदान प्रक्रियामा जाने भएको छ ।
केही महिनादेखि सभामुख सरोज कुमार रायको संयोजकत्वमा प्रदेशको नामाकरण तथा राजधानीका लागि गठित विशेष संसदीय समितिले प्रदेशको नामाकरणमा सहमति जुटाउन नसकेपछि कार्य सम्पादन समितिले मतदान प्रक्रियामा जाने निर्णय गरेको छ ।
कार्य सम्पादन समितिको बसेको बैठकले सभामुखको संयोजकत्वमा गठित समितिले राजधानीमा सहमति जुटाएपनि नामारकण र राजधानी दुवै पारितका लागि संवैधानिक व्यवस्था अनुसार मतदान प्रक्रियामै जाने निर्णय गरेको हो ।
सत्तारुढ दल राष्ट्रिय जनता पार्टीका प्रमुख सचेतक एवं कार्य सम्पादन समितिका सदस्य परमेश्वर साहले भने हामीले मधेश प्रदेश नामाकरणमा सहमति जुटाउन धेरै प्रयास गरियो तर सफल हुन सकेनौ अब संवैधानिक व्यवस्था अनुसार गोप्य मतदान प्रक्रियामै जाने निर्णय गरिएको हो ।
उनका अनुसार आउंदो फागुन २२ गते कार्यसम्पादनको समितिको बैठक बसेर मतदान प्रक्रियाका लागि मापदण्ड र नीति सर्वसहमतिबाट तयार पारिने छ । २३ गते मतदान प्रक्रियाको तयारी गरिनेछ ।
सत्तारुढ दल राजपा नेपाल, समाजवादी पार्टी र प्रतिपक्षी नेपाल कमयुष्टि पार्टी र काँग्रेसबीच नामाकराणका लागि समहमती नहुने देखिएपछि मतदान हुने भएको हो । समितिको ८ पटकको प्रयास पश्चात सत्तारुढ दल राखेको मधेश प्रदेशको नाममा प्रतिपक्षी दल लचक हुंदै कांग्रेसले मिथिला मधेश र नेकपाले जानकी मधेश प्रदेश राख्ने निर्णय पुगेको थियो ।
सत्तारुढ राजपा र समाजवादी पार्टी मधेस प्रदेशकै अडान राखेकाले नामाकरण टुंग्याउन सकस परेको प्रतिपक्षी दलको भनाई छ । उनीहरुले हामीले सत्तारुढ दलको प्रस्तावमा लचक भएर मधेश राख्न तयार तयार भयौ तर हाम्रो प्रस्ताव समावेशै नगर्ने तिनीहरुको मानसिकताले समस्या उत्पन्न भएको बताएका छन ।
त्यस्तै अर्का सत्तारुढ दल समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले भन्नु भयो हामी मिथिला र जानकी दुवैलाई सम्मान गर्छौ दुवैको आ आफ्नै इतिहास छ तर मधेश जनविद्रोहलाई पनि विर्सनु हुदैन, मधेश प्रदेश नामकै लागि सयौं मधेशी जनताले शहादत दिएका छन । तिनीहरुको मर्मलाई कदर गर्दै हामीले मधेश प्रदेश नाम अघि सारेका हौं ।
कांग्रेसले मिथिला प्रदेश, नेकपाले जानकी प्रदेश र सत्तारुढ दल समाजवादी तथा राजपाले मधेश प्रदेशको नाम प्रदेश सभामा दर्ता गराएका छन । कांग्रेसका केही सांसदले मध्य मधेश प्रदेश भनी छुट्टै प्रस्ताव गराएका छन ।
दलहरुले दर्ता गराएको प्रस्तावमा गोप्य मतदानबाट दुई तिहाई मत हासिल भएका प्रस्ताव नै प्रदेशको नाम हुनेछ । तर सत्तारुढ र प्रतिपक्षी मध्ये कुनैपनि दलले दुई तिहाई पुरयाउन सक्ने अवस्था देखिदैन ।
सत्तारुढ दलसँग ५५ मत छ भने प्रतिपक्षी नेकपाको ३२ र कांग्रेसको १९ मत रहेको छ । जबकि दुई तिहाईका लागि ७२ मत चाहिएको छ । सभार लाेक पुकार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर