Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

महोत्तरीलाई हराउदै सप्तरी फाइनल प्रवेश

प्रतिक्षा खबर
२०७६ माघ २३, बिहीबार ०९:०५

पर्सा : प्रदेश-२ मा पहिलो पटक भइरहेको प्रदेशस्तरीय फुटवल प्रतियोगितामा महोत्तरीलाई स्तव्ध पार्दै सप्तरी फाइनल प्रवेश गरेको छ। पर्साको वीरगन्जमा बुधबार भएको सेमिफाइनलमा महोत्तरीलाई स्तव्ध पार्दै सप्तरी फाइनल प्रवेश गरेको हो। सप्तरीले १ का विरुद्ध २ गोल गरेको छ।

सप्तरीले खेल सुरु भएको ३३औं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्न नसके पनि महोत्तरीका ४ नम्बर जर्सीका मन्जित आलेले आत्मघाती गोल गर्दा सप्तरीको खाता खुलेको थियो। निकै कडा प्रतिस्पर्धा भएको खेलमा आत्मघाती गोल खाएपछि भने महोत्तरीले पनि एक मिनेट कट्न नपाउँदै ३४ मिनेटमा नै एक गोल गर्न सक्यो। त्यसपछि भने महोत्तरीले अर्को गोल गर्न सकेन।

पहिलो हाफमा १-१ गोल भएको दुवै टिमलाई दोस्रो हाफमा जसरी पनि जित्नै पर्ने दवाव परेको थियो। महोत्तरी तर्फको डिवक्स एरियानजिक बल पुग्न लाग्दा दर्शकको साथ पाएको फाइदा उठाउँदै सप्तरीका जर्सी नम्बर ९ का सुशिल यादवले दोस्रो हाफको १८ औं मिनेटमा गोललाई महोत्तरीको गोलपोटको जाली चुमाए। यो बल नै खेलको निर्णायक गोल बन्यो। खेलको म्यान अफ दि म्याच पनि उनै भए। आठ जिल्ला रहेको प्रदेश-२ मा प्रदेशस्तरीय फुटवल प्रतियोगिताको सुरुका खेल पर्सा–धनुषा, बारा–सिरहा, महोत्तरी–रौतहट, र सर्लाही–सप्तरी गरी खेलेका थिए। ती खेलबाट सेमिफाइनलमा धनुषा, बारा, महोत्तरी र सप्तरी प्रवेश गरेका हुन्। बुधबारबाट भने सेमिफाइनलको खेल सुरु भएको हो। पहिलो सेमिफाइनलमा सप्तरी फाइनल प्रवेश गरेको छ।

बिहीबार बारा र धनुषाका बीच हुने सेमिफाइनलको बिजेतासँग सप्तरीले आगामी माघ २५ गते वीरगन्जको आदर्शनगर रंगशालामा फाइनलका लागि प्रतिस्पर्धा गर्ने आयोजक जी पी फाउण्डेशनका अध्यक्ष मोहमद सहाबुद्दिनले बताए। विजेता टिमलाई १ लाख ५० हजार र ट्रफी तथा उपविजेतालाई ७५ हजार र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता स्व.गिरिजा प्रसाद कोइरालाको स्मृतिमा जीपी कोइराला फाउण्डेशन पर्साले पहिलो पटक शनिबारबाट सुरु गरेको हो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर