Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

प्रदेश नं २ मा स्वास्थ्यसम्बन्धी मस्यौदा हस्तानान्तरण

प्रतिक्षा खबर
२०७६ माघ २८, मंगलवार २१:३०

जनकपुरधाम : प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफ्नो मस्यौदा आज सरकारलाई हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा रामकेवल साहले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई बुझाउनुभएको थियो भने सोही अवसरमा मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउत उक्त मस्यौदा हस्तान्तरण गर्नुभयो ।

कार्यदलले तैयार पारेको मस्यौदामा प्रदेश नं २ को स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, सुधारका लागि गर्नुपर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुनःसंरचनालगायतको सुझाव समेटिएको छ ।

उक्त समारोहमा मुख्यमन्त्री लालबाबु राउतले कार्यदलले तैयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्ग दर्शक हुने विश्वास व्यक्त गर्नुभयो । सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोचअनुरुपको सफलता पाउन नसकेको उल्लेख गर्नुहुँदै उहाँले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन पुनःसंरचना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले स्वास्थ्य नीतिको मस्यौदा तयार भए झै सरकारलाई आगामी दिनमा काम गर्न सबै क्षेत्रको नीति बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा सरकारले यस मस्यौदालाई प्रारम्भिक आधार बनाएर आफ्नो नीति तथा कार्यक्रम बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक विकासमन्त्री साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झासहितका वक्ताले मस्यौदामाथि आआफ्नो विचार राख्नुभएको थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर