Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

भोकै सुत्ने महरा परिवारलाई अभियन्ता सरोज मण्डलको सहयोग

प्रतिक्षा खबर
२०७६ माघ १२, आईतवार १३:०१

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ८ का अतिविपन्न लखनदेव महराका परिवारलाई सामाजिक अभियन्ता सरोज कुमार मण्डलले सहयोग गरेका छन् ।महराको घरमै पुगेर अभियन्ता मण्डलले यूवाहरुको सहयोगमा लत्ताकपडा, खानेकुरा (अन्न), ग्यास र खाट सहयोग गरेका हुन्।

महरा अतिविपन्न रहेको भनेर फुसको भत्केको घर लगायतका तस्विरहरु फेसबुकमा सार्वजनिक भएको देखेपछि अभियन्ता मण्डलले सहयोग गरेका छन् ।खाना पकाउन पनि अप्ठ्यारो भइरहेका महरालाई ग्याँस खरिद गर्न अभियन्ता मण्डलले ५ हजार नगद सहयोग समेत गरे । सहयोग पाएपछि महरा परिवार खुःशी भएका छन् । उनको एक छोरा, श्रीमती र बुहारी छन् ।उनका छोराका पनि तीन सन्तान छन्।

जग्गा समेत नभएपछि उनले स्थानीय एक व्यक्तिको खेतमा काम गरेर जसोतसो गुजारा चलाउँछन् । छोरीको विवाह सयकडा ३ रुपैयामा १ लाख ऋण लिएर गरे । अहिले ति रकमको ब्याज चलिरहेको छ । घरमा कोही विरामी पर्दा उपचार गराउने अवस्था पनि उनको छैन ।

धनुषाकै औरही गाउँपालिका ५ चकर घर भएका अभियन्ता मण्डलले महरा परिवारका सदस्यले दिनमा खाएपछि राति भोकै बस्नुपर्ने अवस्था देखेर सहयोग गरेको बताए ।

उनले भने, ‘महराको घुसको घरमा खाट समेत थिएन । यतिधेरै चिसोमा भुइमा सुत्थे उनको परिवार । त्यसैले खाट पनि सहयोग गरेको छु ।’ उनले महराको घर बनाइदिने विषयमा साथीहरुसँग छलफल गरिरहेको पनि बताए । साभार : टुडे खोज

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर