Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महाेतरीकाे साेनमा गाउँपालिका लगायत मधेस प्रदेशका ३९ स्थानीय तहले बजेट ल्याउन सकेनन्

प्रतिक्षा खबर
२०७९ श्रावण २९, आईतवार ०६:४६

साेनमा, चालू आर्थिक वर्ष २०७९/८० का लागि नगर सभाकाे दुई महिना बित्न लाग्दा पनि महाेतरीकाे साेनमा गाउँपालिकाले बजेट ल्याउन सकेकाे छैन । बजेट ल्याउन न सकनेमा मधेस प्रदेशका ३९ वटा स्थानीय तह समेत रहेका छन ।
गत आर्थिक वर्षको असार १० गतेभित्र ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेकामा राजनीतिक विवादका कारण मधेश प्रदेशका ३९ स्थानीय तहले बजेट ल्याउन नसकेकाे हाे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे तथ्यांक अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६३ स्थानीय तहले हालसम्म बजेट पेस गर्न सकेका छैनन्, जसमा सबभन्दा बढी मधेस प्रदेशकै स्थानीय तह रहेका छन् ।
मधेस प्रदेशका कूल १३६ स्थानीय तह मध्ये ३९ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । बजेट पेस गर्न नसकेका सबैभन्दा बढी राैतहट जिल्लाका ९ र सबैभन्दा कम महोत्तरीका एक स्थानीय तह मात्र छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार सप्तरीका ५, सिराहाका ६, धनुषाका ५, सर्लाहीका ३, बाराका ५ र पर्साका ५ वटा पालिकाहरुले बजेट ल्याउन नसकेका हुन् ।
धनुषाका १८ स्थानीय तह मध्ये धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र धनौजी गाउँपालिकासहित ५ स्थानीय तहले मन्त्रालयमा अझै बजेट पेस नगरेकाे कुरा मन्त्रालयकाे वेबसाइटमा प्रविष्ट नहुनुले देखिन्छ । सप्तरीका १८ पालिका मध्ये कञ्चनरुप नगरपालिका, बोदेबरसाईन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बिष्णुपुर गाउँपालिका र बलान बिहुल गाउँपालिकासहित ५ वटा पालिकाले बजेट प्रविष्ट गरेका छैनन् ।
त्यस्तै, सिराहाका १७ मध्ये मिर्चैया नगरपालिका, सिरहा नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिकाले बजेट पेस गर्न सकेका छैनन् । यता, महोत्तरीका १५ स्थानीय तह मध्ये सोनमा गाउँपालिका सर्लाहीको २० स्थानीय तह मध्ये मलंगवा नगरपालिका, बागमती नगरपालिका र विष्णु गाउँपालिकाले बजेट ल्याएका छैनन् ।
त्यस्तै, रौतहटका १८ स्थानीय तह मध्ये ९ ईशनाथ नगरपालिका, कटहरिया नगरपालिका, दुर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले बजेट ल्याएका छैनन् । बारा जिल्लाका १६ स्थानीय तह मध्ये महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका र प्रसौनी गाउँपालिकाले अझै बजेट प्रविष्ट गर्न सकेका छैनन् ।
त्यस्तै, पर्साका १४ स्थानीय तहमध्ये पोखरिया नगरपालिका, धोबीनी गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिकासहित स्थानीय तहले बजेट ल्याएनन् ।
कार्यपालिका बाेर्डमा बहुमत अल्पमत र बाेर्डमा दलीय बर्चस्वकाे आधारमा याेजना बाँडफाँटमा हुन नसक्दा अधिकांश स्थानीय तहले नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरेपनि बजेट ल्याउन सकेकाे छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर