Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

विन, मलाह, लोहार ,पटवा, विल्टाउ, र गोढया थर भएकाले दलित भत्ता नपाउने

प्रतिक्षा खबर
२०७९ श्रावण २२, आईतवार २१:५०

गोपाल झा
श्रावण २१ गते
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै नेपालमा बसोबास गर्दे आईरहेका पटवा, विल्टाउ, विन मुखिया, मलाह(सनही),लोहार र गोढया लगायतका जात/थर भएका व्यक्तिले अब दलितका रुपमा सामाजिक सुरक्षा भत्ता नपाउने भएका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधबार एक सूचना जारी गर्दै यी जातिहरु दलित जातीय अनुसूचीमा सूचिकृत नभए कारण भत्ता नदिन सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
बिगत देखी दलितमा सुचिकृत नभए पनि पटवा, विल्टाउ, विन(मुखिया), मलाह(सनही),लोहार र गोढया थर भएका व्यक्तिहरुलाई देशै भरका अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता दिँदै आएका थिए । यता केही स्थानीय तहले भने भत्ता दिने कि नदिने भनेर सुझाव मागेका थिए ।
स्थानीय तहहरुले यी जातहरुलार्ई सामाजिक सुरक्षाभत्ता दिने कि नदिने भन्ने अन्यौलमा रहेको भन्दै विभागमा राय सुझाव माग गरेपछि सूचना जारी गरिएको विभागका सामाजिक सुरक्षा शाखाका निर्देशक सागरमणि पाठकले जानकारी दिए ।
‘यस अगाडी उक्त जात/थर भएकाहरुलाई स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ता दिइरहेका थिए, हाम्रो रेकर्डमा पनि भत्ता दिइरहेको भन्ने थियो । केहिले दिने, केहिले नदिने भइरहेको अवस्थामा राष्ट्रिय दलित आयोगले आयोगमा सूचिकरण भएका समुदायलाई मात्रै भत्ता दिनु भनेपछि हामीले यो सूचना निकालेका हौं,’ पाठकले भने ।
बिभागले सुचना जारी गरेपछी एकडारा गाँउपालीकाको पञ्जीकरण/सेवा इकाई शाखाले मुखिया, विन,पटवा, बिल्टाउ, मलाह आदिलाई भत्ता दिन नमिल्ने पत्राचार भएकोले सोही अनुसार उक्त जातीहरुलाई नविकरण तथा नयाँ दर्ता नगर्न सबैमा जानकरी गराएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले राष्ट्रिय दलित आयोगको दलित जातीय अनुसूची विवरण बमोजिमका जात/थरका व्यक्तिलाई दलित जाति अन्तर्गत उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर