Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सोनमा गाउँपालिकाको बजेट ४३ करोड भन्दा बढि , नितिगत वजेट स्पष्ट न रहेको भन्दै वडा अध्यक्षको असहमती

प्रतिक्षा खबर
२०७९ असार २२, बुधबार ००:४०

गोपाल झा
महोत्तरी , आषाढ २१ गते
महोत्तरीको सोनमा गाँउपालिकाले मंगलवार आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित वजेट निती तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाँउपालीकाको सभाहलमा आयोजित एक समारोहका बिच छैँठौ गाँउसभामा समृद्ध ‘सोनमाको आधार ,शिक्षा स्वास्थ्य कृषी र रोजगार , जनताको भवनाको सम्मान ’ नाराका साथ आ.ब. २०७९/०८० का लागी ४३ करोडभन्दा बढि रकम बराबरको अनुमानित वजेट प्रस्तुत गरिएको हो ।
गाँउपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले ४३ करोड ९८ लाख ४३ हजार को बजेट प्रस्तुत गरेका हुन् । अध्यक्ष यादवले प्रस्तुत गरेको वजेटमा आन्तरिक स्रोत मार्फत १ करोड, संघीय सरकारको राजश्व वाँडफाँडमार्फत १० करोड २६ लाख ९ हजार, संघीय सरकारको समानीकरण अनुदान मार्फत १२ करोड ८६ लाख, संघीय सरकारको सशर्त अनुदान मार्फत १५ करोड २८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै प्रदेश सरकारको वितीय समानीकरण मार्फत ८३ लाख ३४ हजार, प्रदेश सरकारको विशेष अनुदान मार्फत ३० लाख, प्रदेश सरकारको सम्पूरक अनुदान मार्फत २० लाख, सडक वोर्डमार्फत २५ लाख र गत आर्थिक वर्षको संचित रकम ३ करोड गरि सो वजेट विनियोजन गरिएको गाँउपालिकाको कार्यालयले जनाएको छ । स्वास्थ्यलाई विशेष प्राथामिकतामा राखि विनियोजन गरिएको वजेटमा शिक्षा र कृषिले पहिलो प्राथामिकता पाएको गाँउपालिकाका अध्यक्ष यादवले बताएका हुन् ।
यता नीति तथा कार्यक्रमा आफ्नो मन्तब्य दिँदै वडा न.१ को वडा अध्यक्ष अशोक कुमार यादव र वडा न. ६ का वडा अध्यक्ष श्याम प्रसाद यादवले प्रस्तुत निती तथा कार्यक्रम प्रती असँतुष्टी बयक्त गरेका हुन ।
समय भन्दा ढिलोगरी ल्याईएको वजेट अधुरो , अपुष्ट र अ-स्पष्ट रहेको बताउँदै वडा न.१ का वडा अध्यक्ष अशोक कुमार यादव र वडा न. ६ का वडाध्यक्ष श्याम प्रसाद यादवले प्रस्तुत गरीएको निती तथा कार्यक्रम मार्फत बजेटमा असहमती जनाउँदै यसलाई संसोधन गर्नु पर्ने माँग गरेका हुन् ।
बन्द कोठामा ल्याउन खोजिएको बजेटमा जनता र वडा अध्यक्षहरुलाइ समेत झुक्याउन खोजिएको वडा नं. १ का वडाअध्यक्ष यादवले आरोप लगाएका हुन् । वहाँले वडा अध्यक्षहरुसंग समेत कुनै सर सलाह नगरि एकलौटी रुपमा ल्याउन खोजिएको बजेट जनता मुखी नभई गाउँपालिका अध्यक्ष मुखी रहेकोले ‘यस वजेटप्रति हामीहरुको प्रत्यक्ष रुपमा असन्तुष्टी रहेको भन्दै यसलाई संशोधन न गरेसम्म हामीहरुको असहमति रहि रहने बताएका हुन् ।
वडाध्यक्ष यादव आ व २०७९/२०८९ को नीति तथा कार्यक्रम गर्न लाग्दा कुनै पनी पुर्ब जनप्रतिनीधी , बिभिन्न राजनितीकदलका प्रतीनिधी लगायत आम सर्बसाधारणको समेत जानकारी न गराई गाउँपालिकाको कर्मचारी, बर्तमानका जन प्रतिनिधि र पत्रकारहरुबाहेक सभाहलमा पुगेका अन्य सर्वसधारणहरुलाई बाहिर निस्कन समेत भनीएका थिए ।
शिक्षा नितीमा अध्यक्षलाई विना कारण जोडिनु, किसानलाई उपलब्ध गराउने सेवा सुविधा, वजेटमा आर्थिक पारदर्शी नरहेकोले यसलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको वडा नं. १ का अध्यक्ष यादवले बताएका हुन् ।
त्यस्तै वडानं. ६का वडाध्यक्ष श्याम प्रसाद यादवले बैनरमा लेखिएको नारा बमोजिम निति तथा कर्यक्रम न हेको भन्दै गाँउपालीका अध्यक्ष द्वारा प्रस्तुत गरीएको निति तथा कर्यक्रम कुनै कोचिङ्ख सेन्टरबाट नक्कल गराएर ल्याएको जस्तो रहेको टिप्पणी गरेका हुन् ।
वहाँले किसानलाई उपलब्ध गराउने भनिएका सेवा सुविधा र वजेटमा आर्थिक पारदर्शी नरहेकोले यसलाई संशोधन गर्नुपर्ने आवश्यक रहेको माँग गरेका हुन् ।
यता गाँउपालीका उपाध्यक्ष जहिदा खातुन आफुलाई सबारी साधनको ब्यवस्था गरीदिन कार्यक्रम मार्फत माग गरेकी छिन् । वहाले आफु अनुगमन तथा न्यायीक समितीका अध्यक्ष समेत भएकोले गाँउपालीका भित्र भई रहेको बिभिन्न कामको अनुगमनमा जानुपर्दा सबारीसाधनको अभावले गर्दा प्रभाबीत हुन सक्ने भन्दै सरकारले उपलब्ध गरएको ईन्धन सबारीसाधन न हुँदा कहाँ खर्चगरीने प्रश्न समेत गरेकी हुन् ।
कार्यक्रमको अन्तमा स्वास्थ्यलाई विशेष प्राथामिकतामा राखि विनियोजन गरिएको वजेटमा शिक्षा, कृषिले पहिलो प्राथामिकता पाएको भन्दै गाँउपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले केही वुँदामा रहेको असहमतिलाई छलफलको माध्यमले सच्चाएर जाने बताएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर