Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

युवाहरुलाई शिप सहितको रोजगारी दिनु पर्दछ मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७६ फाल्गुन २१, बुधबार १७:५६

अातिश मिश्रा

जनकपुरधाम, फागुन २१ । मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई शिप सहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताउनु भएको छ ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले युवाहरुलाई शिप सहितको रोजगारीमा लगाउनु पर्ने बताउनु भयो ।
मानव संशाधन सबै भन्दा ठुलो शक्ति भएपनि त्यसलाई मुलुकले अहिले सम्म परिचालन गर्न नसकेकै कारण मलुकु गरिब भएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले युवाहरुलाई शिप सहितको रोजगारी दिन सकिए समृद्धि सम्भव रहेको विश्वास समेत व्यक्त गर्नु भयो ।
युवाहरुलाई शिपयुक्त बनाउन प्रदेश सरकार प्राविधिक विश्वविद्यालयको अवधारणालाई अघि बढाएको बताउदै मुख्यमन्त्री राउतले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएको बताउनु भयो ।
स्वारोजगारको नाउमा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गहरु सुविधा प्राप्त गर्न नसकेको टिप्पणी गर्नु हुँदै उहाँले स्वरोजगारको लागि दिइने कर्जाको प्रक्रिया सहज गर्न कोष लाई सुझाव समेत दिनु भयो ।
युवाहरुलाई रोजगारी दिन प्रदेश सरकारले सिप परियोजना संग सम्झौता गरि कार्यक्रम चलाई रहेको जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले कोषलाई समेत उक्त कार्यक्रममा सहकार्य गर्न आग्रह गर्नु भयो ।
कोषका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव राम कृष्ण सुवेदी , युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रबैंक जनकपुरका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर