Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ : शिक्षामन्त्री

प्रतिक्षा खबर
२०८२ पुष २०, आईतवार १८:५३

२० पुस, जनकपुरधाम । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले मधेशका सामुदायिक विद्यालय, शिक्षक र व्यवस्थापन समितिको बारेमा सबैभन्दा बढी गुनासो आउने गरेको बताएका छन् ।

साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी एक दीवसीय गोष्ठीमा उनले सातवटा प्रदेश मध्ये आधाभन्दा बढी गुनासो मधेश प्रदेशबाट आउने गरेको खुलाए ।

‘सामुदायिक विद्यालयको विषयमा थरीथरीका गुनासो आउने गरेका छन् । सातवटा प्रदेश मध्ये आधाभन्दा बढी मधेश प्रदेशका सामुदायिक विद्यालयको गनासो म कहाँ आएको छ,’ उनले भने, ‘विद्यालय भवन भएको, शिक्षक भएको तर पढाइ नभएको, शिक्षक, व्यवस्थापन समितिले बदमासी गरेका कुराहरु सम्बन्धि गुनासो आउने गरेको छ । मैले त्यस्ता अव्यवस्थित विद्यालयको नाम संकलन गर्न टोलि पठाएको छु ।’

आफू मन्त्री बन्नु अघि किताब बेच्न तराई मधेशका जिल्लाहरूमा पुग्दा शिक्षाको अवस्था दयनीय पाएको उनको भनाइ छ । पहिले दुर्गम हिमाल-पहाडमा पढाउने प्रायः शिक्षक मधेशबाट विज्ञान गणितका शिक्षकहरू हुने गरेको स्मरण गर्दै उनले पछिल्लो समय मधेशको शिक्षाको स्तर खस्केको बताए ।

अहिलेसम्म मधेश साक्षर घोषणा नहुनु आफ्नो लागि आश्चर्यको विषय रहेको समेत उनको भनाइ  थियो ।

आगामी २०८३ वैशाख मसान्तसम्म मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ । त्यसको संयोजन तथा सहजीकरण नेतृत्व मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रीले गर्ने, स्थानीय तहले अभियानको नेतृत्व गर्ने र उच्चस्तरीय विज्ञ कार्यदलबाट औपचारिक रूपमा प्रारम्भ गर्ने र संघीय मन्त्रालय एवं विभागीय संयन्त्रबाट गैर सरकारी संस्थासँगको केन्दीय समन्वय र प्रदेश मन्त्रालयलाई नीतिगत सहजीकरण गर्ने जिम्मा दिइएको छ ।

गोष्ठीमा मधेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी लगायत मधेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, सांसद लगायत गैर सरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर