• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

स्थानीय तह निर्वाचनमा यसरी हुने छ तालमेल


स्थानीय तह निर्वाचनमा यसरी हुने छ तालमेल

मधेश प्रदेशमा वीरगञ्ज महानगरपालिका एक तथा जनकपुरधाम, जितपुर–सिमरा र कलैया गरी ३ उपमहानगरपालिका छन्।नगरपालिका र गाउँपालिकाबीच तालमेल गर्न प्रदेशस्तरीय र वडाध्यक्षका लागि जिल्लास्तरीय राजनीतिक संयन्त्रलाई जिम्मेवारी दिइएको छ। मधेश प्रदेशमा रहेका १३६ स्थानीय तहमध्ये ‘ गत स्थानीय निर्वाचनमा ४० वटा पालिकामा नेपाली कांग्रेसले जितेको थियो।तालमेलका लागि दुईवटा सूत्र निर्धारण गरिएको छ।पहिलो, जितेको स्थान सम्बन्धित दललाई नै दिए । दोस्रो, गठबन्धन बाहिरका दलले जितेका तर गठबन्धन भित्रका दल दोस्रो भएका स्थान दोस्रो हुने दलले पाउने सहमति केन्द्रमा बनिसकेको छ ।
जीतपुर उपमहानगरमा माओवादी केन्द्र दोस्रो रहेको हुनाले उक्त उपमहानगरमा माओवादी केन्द्रले उम्मेदवारी दिने उनले बताए । समग्रमा ५० बढी स्थानीय तह माओवादीको भागमा पर्ने माओवादीकाे दाबी छ ।मधेशमा जनता समाजवादी पार्टी जसपाको प्रभाव बलियो छ । अघिल्लोपटक आफूहरूले ३४ वटा पालिका जितेको र धेरै स्थानीय तहमा दोस्रो भएकाले त्यही अनुसार दाबी गर्ने उनको भनाइ छ ।
साविकको संघीय समाजवादी फोरमले २६ वटा पालिकामा प्रमुख तथा अध्यक्ष जितेको थियो। बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीले एक पालिकामा जितेको थियो ।
त्यसपछि पार्टी समायोजन भएर जसपा हुँदा धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, सप्तरीको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख कौशल किशोर यादवसहित ७ जना प्रमुख तथा अध्यक्षले जसपा रोजेका छन् । यो ७ समेत जोड्दा जसपाले जितेका स्थानीय तहको संख्या ३३ पुग्छ ।
वीरगञ्ज महानगर र जनकपुरधाम उपमहानगर आफूहरूले नै जितेको हुनाले त्यहाँ जसपाले कुनै पनि हालतमा दाबी नछोड्ने उनले बताए। वीरगञ्ज महानगरमा फोरमबाट विजय सरावगीले जितेका थिए। तर, उनी अहिले नेकपा एमालेमा प्रवेश गरिसकेका छन्।
जनकपुरधाम उपमहानगरमा राजपाबाट लालकिशोर साहले जितेका थिए, उनले जसपा रोजेका छन्। मधेश प्रदेश नै हाम्रो आधारभूमि हो वीरगञ्ज महानगर र जनकपुरधाम उपमहानगर पहिले पनि हामीले नै जितेको हुनाले त्यो दुवै पालिकाको प्रमुख पद स्वाभाविक रूपले जसपाले नै पाउनुपर्छ जसपा नेताहरुले भनिरहेका छन ।
गठबन्धनमा रहेका दलमध्ये सबैभन्दा गाह्रो नेकपा एकीकृत समाजवादी पार्टीलाई कसरी भाग लगाउने भन्ने भएको छ।
तालमेल गर्दा गत स्थानीय तहको निर्वाचनको परिणामभन्दा पनि अहिलेको स्थितिको आधारमा मात्र सीट बाँडफाँड गर्नुपर्ने उनको तर्क छ।
मधेश प्रदेशमा एमालेभन्दा एसको संगठन बलियो रहेको दाबी एसका नेताहरुले गरे ।एमालेले जितेको वा एमाले दोस्रो भएको ठाउँमा हाम्रो दाबी हुन्छ,’ उनले भने, ‘कुल सीटमध्ये २० प्रतिशत सीट हामीले पाउनुपर्छ।’कम्तिमा पनि २८ वटा पालिकाको प्रमुख एसले पाउनुपर्ने उनले बताए।गत स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा नेपाली कांग्रेस पहिलो दलको रूपमा स्थापित भएको थियो भने संघीय समाजवादी फोरम (हाल जसपा) दोस्रो पार्टी बनेको थियो।
राष्ट्रिय जनता पार्टी तेस्रो, माओवादी केन्द्र चौथो र एमाले पाँचौं दल बनेका थिए ।
कांग्रेसले ४०, फोरमले २६, राजपाले २५, माओवादी केन्द्रले २१, एमालेले १८, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले १ स्थानीय तहमा जित निकालेका थिए ।
मधेश प्रदेशको ७७ वटा नगरपालिकामध्ये नेपाली कांग्रेसले २६, नेकपा एमालेले १२, माओवादी केन्द्रले १३, फोरमले १०, राजपाले १४ र नेपाली जनता दलले १ र नेपाल लोकतान्त्रिक फोरम (विजय गच्छदारको तत्कालीन पार्टी)ले १ नगरपालिकामा प्रमुख पद जितेका थिए ।
त्यसैगरी ५९ वटा गाउँपालिकामध्ये कांग्रेसले १४, एमालेले ६, माओवादीले ८, फोरमले १६, राजपाले ११, नेपाल लोकतान्त्रिक फोरमले २ तथा नेपाली जनता दल र नयाँ शक्ति पार्टीले १/१ पालिकामा प्रमुख पद जितेका थिए।
अहिले गठबन्धन सहयात्री दलहरू पहिले जितेका स्थानीय तह कायम राखेर गठबन्धनबाहिरका दलले जितेका स्थानीय तह बाँडफाँड गर्ने तयारीमा छन् ।
गठबन्धनबाहिरका दलले जितेका तर गठबन्धनमा रहेका दल दोस्रो भएका पालिका ३८ वटा छन्, जसमध्ये नेपाली कांग्रेस २०, जसपा १२ र माओवादी केन्द्र ६ पालिकामा दोस्रो हैसियतमा छन् । लोकतान्त्रिक फोरम पछि नेपाली कांग्रेसमा नै बिलय भएकाले नेपाली कांग्रेसले जितेको ४० पालिका र लोकतान्त्रिक फोरमले जितेको ३ सहित ४३ सीट पुगेको छ ।
मधेश प्रदेशमा चारवटा मात्र यस्ता स्थानीय तह यस्ता छन्, जहाँ गठबन्धनभित्रका दलहरूले जित्न र दोस्रो स्थान हात पार्न पनि सकेका छैनन् ।
रौतहटको गौर नगरपालिका, महोत्तरीको मटिहानी नगरपालिका र बाराको परवानीपुर गाउँपालिकामा राजपाले जित्दा एमाले दोस्रो भएको थियो ।
महोत्तरीको पिपरा गाउँपालिकामा भने पहिले राजपाले जितेको थियो र एमाले दोस्रो स्थानमा थियो । उपनिर्वाचन गर्दा तत्कालीन नेकपाले जीत हात पार्‍यो ।
हाल तत्कालीन नेकपा अस्तित्वमा छैन र गाउँपालिका अध्यक्ष एमालेमा छन् ।
वडातर्फ भने मधेशमा कुल १ हजार २७३ वडामध्ये नेपाली कांग्रेसले ३३८, एमालेले २३०, माओवादीले २३१, फोरमले १९१, राजपाले १९४, राप्रपाले ६, नेपाली जनता दलले ७, नयाँ शक्ति पार्टीले ५ र बहुजन शक्ति पार्टीले १ वडाध्यक्ष जितेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२ बैशाख २०७९, शुक्रबार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२ बैशाख २०७९, शुक्रबार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२ बैशाख २०७९, शुक्रबार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२ बैशाख २०७९, शुक्रबार
Next Post
सम्सि गाउँपालिकाकी  महिला मृत फेला

सम्सि गाउँपालिकाकी महिला मृत फेला

सम्सि गाउँपालिकाकी  महिला मृत फेला

सम्सि गाउँपालिकाकी महिला मृत फेला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh