धर्मेन्द्र कुमार यादव-महोत्तरी,
लाेकतान्त्रीक समाजबादी पार्टी नेपाल सोनमा गाउपालिका र गाैशाला नगरपालिकाले “हाेलि मिलन” कार्यक्रम सम्मन्न गरेका छन ।
हिन्दुहरुकाे महान पर्वकाे रुपमा हाेलिलाई लिएका छन ।लाेसपाकाे तर्फ बाट सोनमा गाउपालिका उम्मेदवार तथा केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादवको अध्यक्षता तथा गाउपालिका उपाध्यक्ष बिभा देवी साहको प्रमुख अतिथिमा भएकाे कार्यक्रममा निकट भविष्यमा हुन गई रहेकाे स्थानिय तहकाे चुनाव विगतका तिता मिठा कुराहरु विर्सेर आफु लगायत आफ्ना हरेक उम्मेदवारलाई भाडि मत दिन आग्रह गर्दै सवै कार्यकर्ता, सर्व सधारणहरुमा शु स्वास्थ्यकाे कामना गर्दै हाेलिकाे शुभकामना व्यक्त गरेका थिए।
विगत ५ वर्षमा सोनमा गाउपालिकालाई विनासमा पुर्याई दिएर अहिले पालिका भित्र बिकासको नाममा १० प्रतिशत मात्र काम भएको प्रती गुनासो गरेका थिए। आफ्नाे पार्टी विजय भएमा जनहितकाे कुरा देखि लिएर विकासकाे काममा फरकाे ल्याउने अश्वावन दिनु भयाे ।
यसै क्रममा लोसपा नेपालका युवा नेता नरेश यादवले मधेषी जनतालाइ धोखा दिने नेताको नाम लिदा सहिदलाइ अपमान गर्नु सरह हुन्छ, सधै सहिदको खुन संग होली खील्ने प्रबृती रहेका केही मधेषी नेताका कारन मधेषको जायज माग पूरा नभएको प्रष्ट पारेका थिए।
कार्यक्रमा नवगठित सोनमा गाउपालिका कार्यसमितीलाइ दोसला ओढाइ सम्मान गरिएको थियो।
कार्यक्रममा लोसपा नेपालका केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादव, लाल बाबु साह, सोनमा गाउपालिका उपप्रमुख बिभा देवी साह, उप प्रमुख प्रत्यासी उषा देवी यादव, वडा नं ७ का वडा सदस्य बिनोद केजरिवाल, सोनमा गाउपालिकाको सम्पुर्ण वाडाका वडा संयोजक लगायत कार्यसमिती, सोनमा गाउपालिका कार्यसमिती हरुको उपस्थिती रहेका थिए।
त्यस्तै लोसपा नेपाल गौशाला नगरपलिकामा होली मिलन काएयक्रम सम्म्पन गरेका छ। लोसपाका केन्द्रीय सदस्य देवनरायण महतोको प्रमुख आतिथीमा होली मिलन कार्यक्रम सम्म्पन भएको छ। होली मिलन कार्यक्रममा पार्टिका नगर संयोजक समर लामा लगायत पालिका स्तरीय नेताहरु लाले लामा, दिपलाल महतोले फागु पर्व कहिले देखि शुरु भएकाे छ त्यसकाे वारेमा स्पष्ट पार्दै सवैमा शुभकामना व्यक्त गरेका छन ।
साे कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षिक विष्णु प्रदिप वस्याल, नेकपा ऐमालेका अजय कुशवाहा, नेकपा मओवादी बाट चित्र बहादुर लगायत पार्टिका कार्यकर्ता, सर्वसधारण लगायत संचारक्रमि हरुकाे उपस्थिति रहेका थिए ।
कार्यक्रम नगर कमिटिका संयाेजक समर लामा संयाेजत्वमा सम्मन्न भएका छन ।










































































































