• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ को नामका लागि फागुन २३ गते मतदान हुने


प्रदेश २ को नामाकरणका लागि दुई वर्षको समयापश्चात मतदान प्रक्रियामा जाने भएको छ ।
केही महिनादेखि सभामुख सरोज कुमार रायको संयोजकत्वमा प्रदेशको नामाकरण तथा राजधानीका लागि गठित विशेष संसदीय समितिले प्रदेशको नामाकरणमा सहमति जुटाउन नसकेपछि कार्य सम्पादन समितिले मतदान प्रक्रियामा जाने निर्णय गरेको छ ।
कार्य सम्पादन समितिको बसेको बैठकले सभामुखको संयोजकत्वमा गठित समितिले राजधानीमा सहमति जुटाएपनि नामारकण र राजधानी दुवै पारितका लागि संवैधानिक व्यवस्था अनुसार मतदान प्रक्रियामै जाने निर्णय गरेको हो ।
सत्तारुढ दल राष्ट्रिय जनता पार्टीका प्रमुख सचेतक एवं कार्य सम्पादन समितिका सदस्य परमेश्वर साहले भने हामीले मधेश प्रदेश नामाकरणमा सहमति जुटाउन धेरै प्रयास गरियो तर सफल हुन सकेनौ अब संवैधानिक व्यवस्था अनुसार गोप्य मतदान प्रक्रियामै जाने निर्णय गरिएको हो ।
उनका अनुसार आउंदो फागुन २२ गते कार्यसम्पादनको समितिको बैठक बसेर मतदान प्रक्रियाका लागि मापदण्ड र नीति सर्वसहमतिबाट तयार पारिने छ । २३ गते मतदान प्रक्रियाको तयारी गरिनेछ ।
सत्तारुढ दल राजपा नेपाल, समाजवादी पार्टी र प्रतिपक्षी नेपाल कमयुष्टि पार्टी र काँग्रेसबीच नामाकराणका लागि समहमती नहुने देखिएपछि मतदान हुने भएको हो । समितिको ८ पटकको प्रयास पश्चात सत्तारुढ दल राखेको मधेश प्रदेशको नाममा प्रतिपक्षी दल लचक हुंदै कांग्रेसले मिथिला मधेश र नेकपाले जानकी मधेश प्रदेश राख्ने निर्णय पुगेको थियो ।
सत्तारुढ राजपा र समाजवादी पार्टी मधेस प्रदेशकै अडान राखेकाले नामाकरण टुंग्याउन सकस परेको प्रतिपक्षी दलको भनाई छ । उनीहरुले हामीले सत्तारुढ दलको प्रस्तावमा लचक भएर मधेश राख्न तयार तयार भयौ तर हाम्रो प्रस्ताव समावेशै नगर्ने तिनीहरुको मानसिकताले समस्या उत्पन्न भएको बताएका छन ।
त्यस्तै अर्का सत्तारुढ दल समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले भन्नु भयो हामी मिथिला र जानकी दुवैलाई सम्मान गर्छौ दुवैको आ आफ्नै इतिहास छ तर मधेश जनविद्रोहलाई पनि विर्सनु हुदैन, मधेश प्रदेश नामकै लागि सयौं मधेशी जनताले शहादत दिएका छन । तिनीहरुको मर्मलाई कदर गर्दै हामीले मधेश प्रदेश नाम अघि सारेका हौं ।
कांग्रेसले मिथिला प्रदेश, नेकपाले जानकी प्रदेश र सत्तारुढ दल समाजवादी तथा राजपाले मधेश प्रदेशको नाम प्रदेश सभामा दर्ता गराएका छन । कांग्रेसका केही सांसदले मध्य मधेश प्रदेश भनी छुट्टै प्रस्ताव गराएका छन ।
दलहरुले दर्ता गराएको प्रस्तावमा गोप्य मतदानबाट दुई तिहाई मत हासिल भएका प्रस्ताव नै प्रदेशको नाम हुनेछ । तर सत्तारुढ र प्रतिपक्षी मध्ये कुनैपनि दलले दुई तिहाई पुरयाउन सक्ने अवस्था देखिदैन ।
सत्तारुढ दलसँग ५५ मत छ भने प्रतिपक्षी नेकपाको ३२ र कांग्रेसको १९ मत रहेको छ । जबकि दुई तिहाईका लागि ७२ मत चाहिएको छ । सभार लाेक पुकार

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा
अन्तर्राष्ट्रिय

जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा

१९ फाल्गुन २०७६, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

१९ फाल्गुन २०७६, सोमबार
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
अन्तर्राष्ट्रिय

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

१९ फाल्गुन २०७६, सोमबार
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादवको दाबी पेश
अन्तर्राष्ट्रिय

मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

१९ फाल्गुन २०७६, सोमबार
Next Post

जनताको सेवा नै हाम्रो धर्म हो-सचेतक यादव

भारतिय नागरिक रामगाेपालपुर नगरपालिकाकाे वडाध्यक्ष


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh