Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

काँग्रेस अधिवेशनमा ६७ पदका लागि मतदान सुरु

प्रतिक्षा खबर
२०७८ पुष ८, बिहीबार १६:११

जनकपुरधाम, पुस ८ गते ।
जनकपुरमा मंगलबारदेखि जारी नेपाली काँग्रेसको प्रथम अधिवेशन अन्तर्गत आज मतदान हुँदै छ । ६७ पदका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।
मतदान बिहान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिका सदस्य विनय सिंहले टुडेपाटीलाई जानकारी दिए ।
जनकपुरधाम स्थित गोपाल धर्मशालामा जारी काँग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । जसमा ५ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । आज ६७ पदका लागि मतदान हुँदै छ ।
प्रदेश २ को आठवटै जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन् मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको छ ।
मतदानको निर्धारित समय बुधबार बिहान ८ बजेका लागि तोकिएको भएपनि मतपत्र छपाइ हुन ढिलाइ हुने भन्दै दिउँसो १ बजेमा लागि सारिएको थियो । तर, दिउँसो १ बजेसमेत हुन नसक्दा अपराहन्न मतदान सुरु गर्ने तयारी थियो ।
सोहि विषयलाई लिएर सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको थियो । सोहि कारण आज बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरेको थियो ।
नयाँ नेतृत्व चयनका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण र विमलेन्द्र निधि पक्षबाट रामसरोज छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन रहेको छ ।
कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन् भने रामसरोज प्रदेश २ काँग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री हुन् ।
निधि र शेखर कोइराका संयुक्त उम्मेदबार रामसरोज रहेकाले दुवै उम्मेदबार बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादवले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ छन्।
यस्तै सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दिएका छन्।
यस्तै रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवारी दिएका छन्।
यस्तै सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेत रामसरोजको प्यानलबाट उम्मेदवारी दिएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर