Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

२२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएयाे

प्रतिक्षा खबर
२०७८ मंसिर १५, बुधबार २१:४८

१५ मंसिर, काठमाडौं । नाइजेरिया र साउदी अरबमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । योसँगै हालसम्म २२ मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ ।
बुधबार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमित दुवै जना गत हप्ता दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको केन्द्रको भनाइ छ ।यस्तै साउदी अरबमा पनि एकजना कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ ।
दक्षिण कोरियामा पनि ओमिक्रोनका संक्रमित फेला परेका छन् । त्यहाँको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पत्तीमा ओमिक्रोन देखिएको हो ।
विभिन्न सञ्चारमाध्यमका अनुसार नयाँ भेरियन्ट फैलिएका मुलुकमध्ये युरोपमा १२ वटा छन् । युरोपमा बेलायतसहित अष्टृेलिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इटली, पोर्चुगल, स्पेन र स्विडेनमा ओमिक्रोन फेला परेको सीएनएनले जनाएको छ । बेलायतमा मात्रै ओमिक्रोन संक्रमितको संख्या २२ पुगेको छ ।
बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले हालसम्म २२ जनामा ओमिक्रोन पुष्टि भएको र संख्या बढ्ने बताए । ‘यो बिन्दुसम्म संक्रमितको संख्या निकै कम छ’, स्काइ न्युजसँग कुरा गर्दै उनले भने, ‘हाल बेलायतमा २२ जना संक्रमण पुष्टि भएको छ र उक्त संख्या निश्चय पनि बढ्ने छ ।
नयाँ भेरियन्‍टको सम्भावित असर बुझ्ने कार्य भइरहेको र २ हप्ताभित्र ओमिक्रोनबारे थप जानकारी प्राप्त हुने पनि मन्त्री जाभिदको भनाइ थियो । एसियामा जापानसहित इजरायल, दक्षिण कोरिया र हङकङमा ओमिक्रोन फेला परेको छ । त्यस्तै, अष्ट्रेलियामा ओमिक्रोन संक्रमितको संख्या ६ पुगेको अधिकारीहरूले बताएका छन् । यसमध्ये ५ जना न्यू साउथ वेल्सका र १ जना नर्दन टेरिटरीका रहेका छन् ।
सुरुमा पहिचान भएको दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमित ७७ पुगेका छन् भने बोत्स्वानामा १९ जनालाई यो भेरियन्टले संक्रमण गरेको छ । क्यानाडामा समेत ३ जनामा ‍ओमिक्रोन पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर