जनता समावादी पार्टी (जसपा)ले संस्कृतिकर्मी, कलाकर्मीहरुको संगठनात्मक संस्थाको रुपमा शनिवार भव्य कार्यक्रमबीच २५ सदस्यीय ‘समाजवादी संस्कृतिक महासंघ’ गठन गरेको छ ।
महासंघको अध्यक्षमा संजय कुमार यादव रहेका छन् भने उपाध्यक्षमा अविनाश कुमार झा, अरुणकान्त यादव, महिला उपाध्यक्ष सुनिता कुमारी साह, सचिवमा निर्दोष शर्मा, सहसचिवमा सुरेश कुमार साह, अरुण कुमार यादव, महिला सहसचिवमा रीना कुमारी यादव, कोषाध्यक्षमा राजु कुमार साह रहेका छन् ।
त्यसैगरी संघको सदस्यहरुमा सालिनी कुमारी साह, विद्यानन्द यादव, सपना कुमारी भुजेल, शैलेन्द्र कुमार सिंह, मुकेश चौधरी, सारथी लामा, कौशल्या ठाकुर, अवधेश मण्डल, पिंकी यादव, ज्योति मिश्रा, दूर्गा देवी, संजय कुमार राउत, पूजा मण्डल, अजय कुमार यादव, अनिल कुमार झा, मो. जाकिर साफी रहेका छन् ।
रंगकर्मी वैद्यनाथ राय कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष तथा कृषि मन्त्री विजय कुमार यादवले मधेशमा ठूल्ठूला कलाकारहरु छन् तर ठाउँ पाउन नसक्दा आफ्ना प्रतिभा झल्काउन नसकेको बताएका छन् । उनले भने, ‘लक्ष्य प्राप्तिका लागि वैचारिक रुपबाट संगठित हुनु आवश्यक छ ।’
‘समाजवादी संस्कृतिक महासंघ’ संगठनले मिथिलाको कला संस्कृति र पहिचान स्थापित गराउन सफल हुने छ आफूले विश्वास लिएको मन्त्री यादवले भने, ‘पहिचानलाई स्थापित गर्न त्यहाँको भेष, भाषा र संस्कृतिको संरक्षण आवश्यक छ ।’
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले राजनीतिक परिवर्तनपछि संस्कृतिक परिवर्तन भएमा मात्र देश र समाज समृद्ध हुने बताएका छन् । उनले भने, ‘सामाजिक, साँस्कृतिक र आर्थिक परिवर्तनको उद्देश्य पुरा गर्न ‘समाजवादी संस्कृतिक महासंघ’ गठन गरिएको छ । कलाकारहरुले कलाको माध्यमबाट नागरिकलाई सचेत गराउन सक्छन, वैचारिक परिवर्तन ल्याउन सक्छन, यहाँका कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्न सक्छन ।’
पूर्वमन्त्री यादवले यहाँका संस्कृति, सभ्यता, भेषभूषा र पहिचान स्थापित गर्न एउटा प्लेटफर्म चाहिन्छ, त्यो प्लेट फर्मको रुपमा ‘समाजवादी संस्कृतिक महासंघ’ रहेको दोहोर्याएका छन् ।
यहाँका कलाकारहरु विश्व रंगमञ्चमा प्रदर्शन गरोस् हाम्रो र हाम्रा पार्टी जसपाको चाहना रहेको छ । यी संगठन आठवटै जिल्लामा हुने मन्त्री यादवले बताएका छन् ।
कार्यक्रममा चलचित्र तथा लोकसञ्चार प्रबद्र्धन बोर्डका प्रदेश अध्यक्ष पप्पु मरबैता, जसपा धनुषाका सचिव घनश्याम यादव सहितका व्यक्तिहरुले विचार राखेका छन् । संगठनमा ४७ जना सदस्य रहेका छन ।









































































































