Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनता मावि नक्टाझिजको वार्षिक अभिभावक भेला सम्पन्न सांसद महतो भौतिक संरचनाका लागि ५० लाख दिने

प्रतिक्षा खबर
२०७८ कार्तिक १५, सोमबार २०:००

विनोद महतो
महेन्द्रनगर, कार्तिक १५ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. २ स्थित जनता माध्यमिक विद्यालयमा सोमबार वार्षिक अभिभावक भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतोको अध्यक्षता तथा प्रदेशसभा सदस्य एवं नेकपा एकिकृत समाजवादी पार्टीका प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोको प्रमुख आतिथ्यमा भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
जनता माध्यमिक विद्यालयमा पहिलो पटक भव्यताका साथ वार्षिक अभिभावक भेला सम्पन्न भएको र विद्यलायको विकास तथा पढाईप्रति अभिभावकहरुको चासो बढ्दै गएको स्थानीयहरुले बताएका छन् । सो भेलामा विद्यालयको वार्षिक शैक्षिक कार्यक्रमको प्रगति, आर्थिक अवस्था, आम्दानीका स्रोत र खर्च व्यवस्थापनको विवरणहरु प्रस्तुत गरिएको थियो । यस्तै विद्यालयमा विद्यार्थी संख्याको आधारमा वर्तमान अवस्थामा देखिएको शिक्षक र कर्मचारी अभाव, कक्षाकोठा, स्वच्छ खानेपानीको अभाव लगायतको विषयमा समेत वक्ताहरुले चासो व्यक्त गरेका छन् ।
यस्तै विद्यालयमा शिक्षक अभाव पूर्तिका लागि विद्यार्थीहरुबाट वार्षिक रुपमा शुल्क लिने निर्णयलाई स्वीकृत गरेको छ । विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा पढाउने शिक्षक अपुग भएपछि विद्यालय व्यवस्थापन समिति र सरोकारबालाहरुको गत असोज ७ गतेको संयुक्त बैठकबाट तत्काल स्वयम सेवक शिक्षक पदपूर्तिका लागि विद्यार्थीहरुबाट वार्षिक शुल्क लिने निर्णय गरेको थियो । सो अवसरमा विद्यालयका केही विद्यार्थीहरुलाई सम्मान समेत गरिएको विद्यालयका प्रधानाध्यापक श्याम कुमार यादवले जानकारी दिएका छन् ।

यसैबीच कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य शत्रुधन महतोले विद्यालयमा कक्षाकोठा अभावको समस्या सुनेपछि भौतिक संरचना निर्माणका लागि संसदीय कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । सो ५० लाख रुपैयाँले विद्यालयमा भौतिक संरचना अन्तर्गत कक्षाकोठाहरु निर्माण गरिने उनले बताए । सांसद महतोले यसअघि गत आर्थिक वर्षको संस्दीय बजेटबाट विद्यालयमा अत्याधुनिक विज्ञान प्रयोगशला निर्माणका लागि २५ लाख रुपैयाँ उपलब्ध गराएका थिए । सो पैसाले हाल विद्यालयमा २ तल्ले अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गरी संचालनमा ल्याइएको छ । सांसद महतो सो भवन र प्रयोगशलाको समेत उद्घाटन गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर