• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पीसी मिडिया प्रालिद्वारा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड सम्मेलन हुने


पीसी मिडिया प्रालिद्वारा   प्रथम रेडियो सान्भी म्युजिक अवार्ड  सम्मेलन हुने

पीसी मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगञ्जबाट प्रसारित रेडियो सान्भीले यही कार्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले यही कार्तिक २२ गते प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो ।
गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उदेश्यले रेडियो सान्भीले सान्भी म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक एंव रेडियो सान्भीका समाचार प्रमुख दीपक गौतमले पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनमा उपस्थित स्थानीय कलाकार अजमत अलीले यस्ता कार्यक्रम आयोजना गरिनुले सबै कलाप्रेमीहरुलाई उत्साहित बनाएको बताए । यस्ता कार्यक्रमको निरन्तरताको आग्रह समेत गरे ।
कलाकार सुनिल पण्डितले अवार्ड कार्यक्रमले कलाकारहरुमा उर्जा थप्ने धारणा राखे । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले रेडियो, गीत संगीत र कलाकार एकआपसमा जोडिएकाले रेडियो सान्भीले गीत, संगीतका क्षेत्रमा क्रियाशिल कलाकारलाई सम्मानित गर्ने उदेश्यले आयोजना गर्न लागेको कार्यक्रमको सफलताको कामना गरे ।
चलचित्र पत्रकारसंघ पर्साकी अध्यक्ष निलिमा पौडेलले अन्य जिल्लामा रहेका रेडियोहरुले जस्तै वीरगञ्जमा रेडियो सान्भीले पहिलो पटक म्युजिक अवार्ड गर्न थालेको बताउदै आफूहरुले सक्दो सहयोग र साथ दिने प्रतिबद्धता जनाइन् ।
पत्रकार सम्मेलनमा चलचित्र पत्रकार संघ पर्साले म्युजिक अवार्डमा प्राबिधिक सहयोग गर्ने भनी रेडियो सान्भीबीच सम्झौता भएको छ । रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादव र चलचित्र पत्रकारसंघ पर्साकी अध्यक्ष निलिमा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कोरोना भाइरसको महामारीमा पनि विभिन्न संघ संस्थाहरुलाई सेनेटाइजर, मास्कसहितका स्वास्थ्य सामाग्री वितरणदेखि खाद्यान्न सामाग्री समेत वितरण गरेर रेडियोले सामाजिक कार्यमा पनि अग्रसरता देखाउँदै आएको छ ।
स्थानीय स्तरका कलाकारहरुलाई हौसला र प्रोत्साहन गर्ने र यहाँको कलालाई देशैभर स्थापित गर्न सघाउने अभिप्रायले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने निर्णय गरेको रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादवले बताए ।
गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका यहाँकै स्थानीय कलाकारहरुको प्रोत्साहन स्वरुप आयोजना गर्न लागिएको म्युजिक अवार्डले कला र प्रतिभाको सम्मान हुने उनले बताए ।
पत्रकार सम्मेलनको सहजीकरण सूर्य विश्वकर्माले गरेका थिए । रेडियो सान्भीका कार्यक्रम संयोजक मुकलेश गद्दीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ लाई सफल पार्नका लागि सबैलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
सांगीतिक क्षेत्रमा सुनौलो भविष्य खोजिरहेका स्थानीय स्तरका कलाकारहरुको कामको मूल्यांकन गर्दै विभिन्न १० विधामा उत्कृष्ट कलाकारहरुलाई सम्मानित गरिने आयोजकले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

९ कार्तिक २०७८, मंगलवार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

९ कार्तिक २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

९ कार्तिक २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

९ कार्तिक २०७८, मंगलवार
Next Post
मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम समपन्न

मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम समपन्न

६१ वर्षमा विशेश्वर सदायले पाए नागरिकता

६१ वर्षमा विशेश्वर सदायले पाए नागरिकता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh