• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सिके चोर, देश छोड’ नारासहित इन्जिनियर आन्दोलनमा


सिके चोर, देश छोड’ नारासहित इन्जिनियर आन्दोलनमा

जनकपुरधाम : जनमत पार्टीका नेतृत्वको संयोजक चन्द्रकान्त राउत (सिके राउत) विरुद्ध प्रदर्शन भएको छ । ‘सिके चोर, देश छोड’ नारासहित जनकपुरधामका इन्जिनियर्स आन्दोलनमा उत्रेका छन् । उनीहरुले ‘सिके चोर, देश छोड’ ‘इन्जिनियर राजेश कुशवाहालाई न्याय देऊ’ भन्दै सडक तताएका हुन् ।
सिके राउत नेतृत्वको कार्यकर्ताले बिहीबार खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि दुव्र्यवहार गर्दै उद्दण्ड मच्चाएको तथा कुटपिट गरी हिलो छयापेर नगर परिक्रमा गराएको विरोधमा उनीहरु विरोध प्रदर्शन गरेका हुन्
नेपाल इन्जिनियर एशोसिएशन, नेपाल राष्ट्रिय इन्जिनियर संगठन, निजामति कर्मचारको आधिकारिक ट्रेड युनियन, नेशनल इन्जिनियर्स एशोसिएशन नेपाल, नेपाल तराई इन्जिनियर्स समाज, मधेशी डेमोक्रेटिभ सोसाइटीले संयुक्तरुपमा प्रदर्शन गरेका छन् ।
इन्जिनियरहरुले पीडित सिडिइ राजेश कुशवाहालाई न्याय देऊ, सिके राउतलाई कारबाही गर, सिके राउतको इन्जिनियर दर्ता खारेज गर भन्दै विरोधमा उत्रेका हुन् । इन्जिनियरहरुलाई सुरक्षाको ग्यारेन्टी गर, घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर भन्दै उनीहरुले विरोध प्रदर्शन गरेको इ.जय गणेश सिंहले जानकारी दिए ।
जनमतका कार्यकर्ता पछिल्ला हरेक जुलुसमा लाठी र भाटा बोकेर सहभागी हुँदै आएको प्रशासनको विश्लेषण छ । गत असोज १८ गते मात्रै जनमत पार्टीका नेताकार्यकर्ताले जनकपुरधाम उप–महानगरपालिकाको कार्यालयमा तोडफोड गर्दै केही कर्मचारीमाथि हातपात गरेको थियो ।
नगर प्रमुख तथा उप-प्रमुख मध्ये कोही नभेटिएपछि कार्यकर्ताले उपमहानगरभित्र रहेको न्यायिक समितिको कार्यालयमा समेत तोडफोड गरेको थियो । सोही दिन उनीहरुले मुख्यमन्त्री र प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए।
जनमत पार्टीको यस प्रकारको अराजक गतिविधिलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं प्रदेशसभा सदस्य परमेश्वर साहले राजनीतिक दलका नाममा यस्ता गतिविधि गर्नु अराजकताबाहेक अरु केही हुन नसक्ने बताए।
उनले भने, ‘कर्मचारीलाई राजनीतिक दलका कार्यकर्ताले अर्धनग्न बनाएर सार्वजनिक रुपमा घुमाउनु कानुनी राज्यको उपहास हो ।’ कानुनी बाटो छँदाछँदै जनमत पार्टी गलत बाटोमा लागैको उनको भनाइ छ। जनमत पार्टीका कार्यकर्ताहरुले देखाएको चरित्र कुनै प्रजातान्त्रिक दलको नेताकार्यकर्ताको हुनै नसक्ने साहको भनाइ छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न पारेर बजारमा घुमाउनेसहितका दुर्व्यवहार आपत्तिजनक, अमानवीय र आपराधिक घटना रहेको बताए। उनले भने, ‘जनमत पार्टीका कार्यकर्ताहरुले कानुनी राज्यको उपहास हुने गरी गरेको हर्कत राजनीति दलको नभइ आपराधिक र भूमिगत समूहको जस्तै देखियो।
annapurna post

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

५ कार्तिक २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

५ कार्तिक २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

५ कार्तिक २०७८, शुक्रबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

५ कार्तिक २०७८, शुक्रबार
Next Post
जनमत पार्टीले जनकपुर खानेपानी संस्थानका हाकिमलाई अर्धनग्न गरीयाे

खानेपानीका हाकिमलाई जनकपुरमा अर्धनग्न घुमाउने जनमत पार्टीका १७ जना विरुद्ध मुद्दा दायर

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा इन्जिनियरहरुको प्रदर्शन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh