Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

काठमाडौंलाई ललितपुरले दियो १५८ रनको लक्ष्य

प्रतिक्षा खबर
२०७८ आश्विन ९, शनिबार १५:०६

९ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स-११ लाई १५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए । काठमाडौंका जितेन्द्र मुखियाले ४ विकेट लिए ।
खेलको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकोडी २ रन बनाएर आउट भए । दोस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डोलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमायो ।
त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरको इनिङ्स सम्हाले । यी दुईले तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भए ।
त्यसपछि पवन र योगेन्द्र सिंह कार्कीले पाँचौं विकेटका लागि ६२ रनको साझेदारी गरे ।
दुवैलाई काठमाडौंका रायन बर्लले १७ औं ओभरमा आउट गरे । पवनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ६१ रन बनाए । योगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जोडे ।
काठमाडौंका जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।
कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानका शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर