Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

मिथिलामा हाेलि पर्व शुरु

प्रतिक्षा खबर
२०७६ फाल्गुन १८, आईतवार १९:५१

मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्दै छ । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट शुरु भएको परिक्रमा आठौं दिन आइतबार महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन आइपुग्दै छ । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए ।

तिर्थालुहरुलाई संघीय तथा प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गर्ने बताइएको छ । तिर्थालुहरुलाई रंग, अविर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख साहले बताए । त्रेतायुगमा सीता र भगवान रामले रंग खेलि होली मनाएको धार्मिक विश्वास छ ।
यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होलीको शुभारम्भ गर्ने धार्मिक एवम् पौराणिक परम्परा रहेको मिथिला बिहारी डोलाका महन्थ राम नरेश दासले बताए ।
तिर्थालुलाई स्वागत गर्न कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचालाई सरसफाई गरी चिटिक्क पारिएको छ ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदाबाट शुरू हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न गरिने परम्परा छ । कञ्चनवनमा परिक्रमा यात्रीको लागि परिवार, कुटुम्ब, इष्टमित्रले भोजन लिएर जाने गरेको चलन रहेको छ । घरमा भोजनको विभिन्न परिकार बनाएर आफ्नो परिवारका सदस्य महोत्तरीको कञ्चनवन पुग्ने गरेका छन् । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर