• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

शहीदनगरमा व्यापक अनियमितता


शहीदनगरमा व्यापक अनियमितता

धनुषाको शहीदनगर नगरपालिकामा व्यापक अनियमितता भएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदनमा शहीदनगर नगरपालिकाका मेयर उदय कुमार यादव बरबरियाले आर्थिक वर्ष ०७६÷७७ मा व्यापक भ्रष्टाचार गरेको देखिएको छ ।
सो नगरपालिकाले दैनिक ७ हजार ८३८ रुपैयाँको दरले इन्धनमा एक वर्षमा २८ लाख ६१ हजार १५५ रुपैयाँ खर्च गरेको छ ।
सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्वन्धी नीतिगत मार्गदर्शन, २०७५ मा सवारी साधनको इन्धन, मर्मत खर्चमा एकरुपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनु पर्ने साथै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने, सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था गरेको छ । तर, सो नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी पदाधिकारीको इन्धनमा १५ लाख ६० हजार ३७९ र कार्यालय प्रयोजनमा १३ लाख ७७६ गरी कुल २८ लाख ६१ हजार १५५ रुपैयाँ इन्धनमा खर्च गरेको छ ।
नगरपालिकाले इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत राखेको छैन ।
स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्वन्धी ऐनहरुमा पदाधिकारीहरुका लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था नरहेपनि शहीदनगरले सो व्यवस्थाको पालना नगरी कानुनी सल्लाहकार केशव यादवलाई २०७६ साउनदेखि २०७७ असारसम्म काम गराइ मासिक ३५ हजार ९९० का दरले चाडपर्व खर्च समेत गरी कुल ४ लाख ६७ हजार ८७० रुपैयाँ भुक्तानी गरेको छ । कानुनमा उल्लेखित सुविधा वाहेक सल्लाहाकार कर्मचारी नियुक्ति गरी खर्च गर्ने कार्य नियमित नदेखिएको महालेखाको ठहर छ ।
पदाधिकारी वा कर्मचारी विदेश भ्रमण गर्नु पर्दा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ । तर, शहीदनगरका मेयर उदय कुमार यादव बरबरियाले पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्नुको उद्देश्य समेत नखुलाई भ्रमण आदेश स्वीकृत गराई ४ लाख ७ हजार ७२० रुपैयाँ भ्रमणको नाममा खर्च गरेका छन् ।
नगरप्रमुख बरबरिया र प्रमुख प्रशासकिय अधिकृत नन्दकुमार झाले २०७६ मंसिर ११ गतेदेखि २० गतेसम्म दुवइको सारजाँहासम्म भ्रमण गरेको नाममा सो रकम नगरपालिकाकै स्रोतबाट खर्च गरेको उल्लेख छ ।
मेयर बरबरियाले नगरभित्र अनगुमन गरेको नाममा पनि लाखौं रकम झवाम्म पारेका छन् ।
भ्रमण खर्च नियमावली, २०६४ अनसुार आफू कार्यरत क्षेत्रभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता नपाउने तथा एकै दिन गएर फर्किन सक्ने ठाउँमा खाजा खर्च वापत दैनिक भ्रमण भत्ताको २५% रकम उपलब्ध गराउन मिल्ने व्यवस्था रहेपनि नगरभित्र अनगुमन गरेको भन्दै शदिदनगरका मेयर बरबरियाले दैनिक भ्रमण भत्तावापत ४ लाख ६९ हजार ९ सय रुपैयाँ अनावश्यक रुपमा खर्चेका छन् ।
आर्थिक कार्यविधि नियमावली,२०६४ को नियम ३६(८) बमोजिम बजेट खर्च गर्दा रित पुगे÷नपुगेको जाँच गरी भुक्तनी गर्नुपर्ने व्यवस्था रहेपनि शहीदनगरले बा.१७ च. ३९३४ नम्बरको गाडी मर्मत गरेवापत फोटोकपी बिल संलग्न गरी कन्टिनेनटल सर्भिस प्रालिलाई १ लाख २९ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त गाडी नगरपालिकाको समेत नभएको र कार्यालयको कामको सिलसिलामा काठमाडौं जाँदा दुर्घटनामा परी अर्को पक्षको गाडी मर्मत गराई रकम भुक्तानी गरेको पाइएको छ ।
त्यस्तै, सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५ अनुसार सार्वजनिक निकायले १ लाख रुपैयाँ भन्दा बढिको कुनैपनि खरिदको लागि तोकिएबमोजिम लागत अनुमान तयार गर्नुपर्ने, दफा ८(२) मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा–टुक्रा पारी खरिद गर्न नहुने, सार्वजनिक खरिद नियमावली,२०६४ को नियम ८५(१घ) मा एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सिमाभन्दा बढि रकमको वा एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एकपटकभन्दा बढि सोझै खरिद गर्न नपाउने व्यवस्था रहेपनि सो नगरपालिकाले उल्लेखित व्यवस्थाको पालना नगरी जनकपुरधामस्थित त्रिनेत्र न्युज नेटवर्कलाई रेडियो कार्यक्रम, नगर प्रोफाइल तयारी र योजना तर्जुमा सम्बन्धी तयारीको नाममा १० लाख ३५ हजार रुपैयाँ अनाधिकृत रुपमा भुक्तानी गरेको पाइएको छ ।
त्यस्तै, प्रतिफलविहिन देखिने होली महोत्सव कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरी न्यू पवन इम्पोरियमलाई कुर्था पैजामा होली ड्रेस खरिद गरेवापत ३१ हजार र अनुप जनकपुर मिडिया प्रोडक्सन हाउसलाई कार्यक्रम सञ्चालनको नाममा २ लाख गरी कुल २ लाख ३१ हजार रुपैयाँ अनावश्यक रुपमा खर्च गरेको देखिएको छ ।
शहीदनगरले दिवा खाजा कार्यक्रम सञ्चालनका लागि १ करोड ४३ लाख ५२ हजार १५० रुपैयाँ खर्चेको देखिएको छ । जसमा अधिकांश विद्यालयहरुलाई बढि रकम निकासा गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
निःशल्क पाठ्यपुस्तक खरिदका लागि ३९ वटा विद्यालयलाई ३८ लाख ५६ हजार ८०८ रुपैयाँ अनुदान निकासा गरिएको छ । सार्वजनिक विद्यालयमा प्रदान गरिने निःशुल्क पाठ्यपुस्तक विद्यालयले खरिद गरी विद्यार्थीले प्राप्त गरे÷नगरेको, विद्यालयले प्रयोग गर्ने पाठ्यसामग्री पाठ्यक्रम विकास केन्द्रको स्वीकृत सूची मध्येबाट भए÷नभएको सम्बन्धमा समेत नगरपालिकाले कुनै प्रभावकारी अनगुमन गरेको छैन् ।
त्यस्तै, सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई वितरण गर्नका लागि खरिद गरिएका १३ लाख ८८ हजार ९२२ रुपैयाँको सेनेटरी प्याड वितरण नै नगरी स्टोरमा मौज्दात राखेको पाइएको छ ।
सवारी साधन खरिद गर्दा उल्लेखित व्यवस्थाको पालना नै नगरि ४ लाख ७ सयमा २ वटा मोटरसाइकल र ९६ लाख ९० हजारमा २ थान चारपाङग्रे गाडी खरिद गरी १ करोड ९० हजार ७ सय रुपैयाँ कानूनको पालना नगरी खरिद गरेको पाइएको छ ।
यसबाहेक अन्य दर्जनौं अनावश्यक शीर्षकहरुमा शहीदनगर नगरपालिकाले करोडौं रुपैयाँ मनोमानी खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।टुडेपाटी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२४ भाद्र २०७८, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२४ भाद्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२४ भाद्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२४ भाद्र २०७८, बिहीबार
Next Post
प्रदेश २ का सभामुखले छोडे राजेन्द्रको साथ, रोजे उपेन्द्र

प्रदेश २ का सभामुखले छोडे राजेन्द्रको साथ, रोजे उपेन्द्र

आज चौरचन पर्व मनाइँदै

आज चौरचन पर्व मनाइँदै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh