• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कालापनी र लिपुलेकमा पनि जनगणना गरिने


जनगणनामा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने विषय अन्यौलमै

दार्चुला । सरकारले राष्ट्रिय जनगणना २०७८ भारतद्धारा अतिक्रमित नेपाली भुमी कालापनी र लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर भोगचलनको स्वामित्व आएको छैन । ती क्षेत्रमा आफू एक्लैले जनगणना गर्न असम्भव भएकाले तीनै तहका सरकारसँग समन्वय गरेर भौतिक रुपमा नभए वैकल्पिक विधिबाट जनगणना गर्ने केन्द्रीय तथ्याकं विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ ।कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना पुनः सुरु गर्न लागिएको केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।
विभागले तयार पारेको नयाँ कार्यतालिका भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । विभागले यसपालि ३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षकले करिब ७० लाख परिवार तथा ३ करोड जनसंख्याको गणना काम पन्ध्र दिनमा सम्पन्न गर्नेछन् । गणकको लागि कक्षा १२ उत्तिर्ण र सुपरिवेक्षकको लागि स्नातक तह उत्तिर्ण हुनुपर्नेछ । कोरोना संक्रमणका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालय तथा अन्य निकायसँग समन्वय भइरहेको विभागले जनाएको छ । जनगणनामा खटिने गणकहरुलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिने विभागले जनाएको छ ।
घर संख्या, भूकम्पपछि सरकारी अनुदानमा घर बनाए नबनाएको तथा भवन बनाउनुको उद्देश्य समेत संकलन गरिने छ । परिवारका सदस्यको बैँक खाता भए नभएको, प्रावधि शिक्षा तथा तालिम लिए नलिएको र वैदेशिक रोजगारमा गएकाको विस्तृत विवरण पनि संकलन गरिने छ ।
तीनै तहको सरकालाई योजना तर्जुमा गर्न आवश्य तथ्याकं जनस्तरमा गएर समेट्ने प्रयास हुने केन्द्रीय तथ्याकं विभागले जनाएको छ । जनगणना सम्पन्न गर्न ४ अर्ब रुपैंया लागत लाग्ने अनुमान गरिएको छ ।
२०४८ साल
कालापानी, लिपुलेक लिम्पियाधुराको बस्तीमा २०४८ सालमा नेपालले पहिलोपटक जनगणना गरेको थियो । २०१८ सालमा भैरव रिसालले त्यहाँ जनगणना गरेका थिए ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘त्यतिबेला भैरब रिसाललाई लिम्पियाधुरा लगायतको क्षेत्रमा जनगणना गर्न सरकारले गणकको रुपमा पठाएको थियो । त्यतिबेला फिल्डमै गएर उहाँले गणना गर्नुभएको हो । त्यहाँ आफ्नै भूमि भएकाले कसैको दबाब थिएन । बेरोकटोक गणना भएको थियो ।’
त्यसबेलामा छाङरुङमा १ सय १७ वटा घरधुरी र तिङकरमा ८७ वटा घरधुरी रहेका थिए ।त्यसपछि उक्त क्षेत्रमा नेपालको तर्फ २०४८ सालमा पनि सरकारले जनगणना गरेको थियो ।
त्यसबखत दार्चुला जिल्लाको साविकको व्यास गाउँ पञ्चायतको वडा १ को त्यो बेला जनगणना गर्दा जम्मा ४२३ जना बासिन्दा र १ सय ५० घर धुरी थियो । त्यसबखत पनि कालापानी लिपुलेक समेटेर जनगणना गरेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

२४ भाद्र २०७८, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

२४ भाद्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२४ भाद्र २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२४ भाद्र २०७८, बिहीबार
Next Post
पोखरीमा डुबेर मृत्यु भएको बैठाको परिबारलाई राहतस्वरुप खाधान्न सामग्री सहयोग

पोखरीमा डुबेर मृत्यु भएको बैठाको परिबारलाई राहतस्वरुप खाधान्न सामग्री सहयोग

दुई विश्वविद्यालयका लागि ५० करोड

दुई विश्वविद्यालयका लागि ५० करोड


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh