Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

मटिहानीमा प्राविधिक विद्यार्थीहरूलाई ल्यापटप वितरण, प्रविधिमैत्री शिक्षातर्फ नगरपालिकाको पहल

प्रतिक्षा खबर
२०८२ श्रावण ३, शनिबार ००:४४

गोपाल झा

 महोत्तरी, साउन गते

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ मा अवस्थित श्री राम माध्यमिक तथा प्राविधिक विद्यालयमा अध्ययनरत कक्षा ११ का २७ जना प्राविधिक धारका विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ।  कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, प्रतिनिधिसभाका सांसद तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रूपमा ल्यापटप हस्तान्तरण गर्नुभयो।

      नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत उक्त विद्यार्थीहरूलाई dell कम्पनिका Intel i5, 13th Generation sf ल्यापटप प्रदान गरिएको हो। यो पहलको मुख्य उद्देश्य प्रविधिमा आधारित शिक्षालाई प्रवद्र्धन गर्नु र प्राविधिक शिक्षामा अध्ययरत विद्यार्थीहरूलाई व्यवहारिक अभ्यासमा सशक्त बनाउनु रहेको नगर मण्डलले बताएका हुन् ।

ल्यापटप प्राप्त गरेका छात्र छात्राहरुले ल्यापटाप पाँउदा खुशी हुँदै हामीलाई अब अनलाइन कक्षा लिन सजिलो हुनेछ । साथै, प्राविधिक विद्यार्थी भएकाले कोडिङ, प्रोजेक्ट डिजाइनजस्ता अभ्यासहरूमा पनि सहजता हुने भन्दै पालिका र विद्यालय परिवारप्रति आभारी गरेका छन् । कार्यक्रममा मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने यस्तो पहलले व्यवहारिक शिक्षातर्फ आकर्षण बढाउने बताउँदै आगामी दिनमा विद्यालय र नगरपालिकाको सहकार्यमा अझ प्रभावकारी योजनाहरु अघि बढाइने आश्वासन दिनुभयो ।

      त्यस्तै श्रम मन्त्री भण्डारीले विज्ञान र प्रविधिको युगमा युवाहरूलाई दक्ष जनशक्ति बनाउन प्राविधिक शिक्षाको महत्वलाई जोड दिँदै भन्नुभयो, यस्तो प्रविधिमैत्री पहलले मुलुकको विकासको आधार तयार गर्छ ।”

कर्यक्रममा नगर प्रमुख हरि प्रसाद मण्डलले ल्यापटप वितरण कार्यक्रम मटिहानी नगरपालिकाको शिक्षा र प्रविधिमा दिएको प्राथमिकताको प्रमाण भएको उल्लेख गर्दै,“यो ल्यापटपले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने कोसेढुङ्गाको काम गर्नेछ,” भन्ने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै प्रतिनिधिसभा सांसद महन्थ ठाकुरले देशको विकासका लागि युवाहरूलाई प्राविधिक शिक्षामा अघि बढाउनु अपरिहार्य रहेको भन्दै ल्यापटप वितरण जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नयाँ सोच र उत्साह थप्ने बताएका हुन् ।

       कार्यक्रममा मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, प्रदेश सभाका नेता जैनुल राइन, महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका उप–अनुसन्धान निर्देशक चन्दन झा, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, विभिन्न वडाका वडा अध्यक्षहरू, या.ल.ना. विद्यापीठका प्राचार्य हेम नारायण कर्ण, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास, उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय कुमार साह, पूर्व अध्यक्ष मोहन प्रसाद गुप्ता, राजनीतिक दलका प्रतिनिधिहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम मटिहानी नगरपालिकाले प्रविधि तथा व्यवहारिक शिक्षातर्फ चालेको सकारात्मक कदमको प्रतीक बनेको छ । यसले विद्यार्थीहरूलाई डिजिटल शिक्षा प्रणालीसँग जोड्ने मात्र होइन, उनीहरूलाई आधुनिक प्रविधिको प्रयोगमा दक्ष बनाउने दीर्घकालीन लक्ष्य समेत बोकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर