एकडारा गाउँपालिकाको पाचौँ गाउँसभा कार्यक्रम सौहार्दपुणर् बातावरणमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम एकडारा गाउँपालिकाको कार्यालय भवनको माथी तल्लामा गरिएको छ । एकडारा गाउँपालिकाका अध्यक्ष रामछबीला साहले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
गाउँपालीका अध्यक्ष साहले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का प्रदेश सांसद माननिय रानीशर्मातीवारी गाउँपालीकाका बिभिन्न वडाका वडा अध्यक्ष , कार्यपालिका तथा गाउँसभाका सम्पूणर् सदस्यहरु ,बिभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिहरु ,गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारी ,स्थानिय प्रहरी तथा सशस्त्र प्रहरी गरि स्थानीय वासीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष साहले नितितथा कार्यक्रम प्रस्तुत गर्दै आव २०७८/७९ बजेटमा कोभिड-१९ को महामारी नियन्त्रण, स्वासथ्य सेवा विस्तार, कृषक लाई कृषिमा आत्म निर्भर, खानेपानी आपूर्तिका कार्यक्रम, पर्यटकीय पूर्वाधार विकास, शैक्षिक गुणस्तर सुधार, रोजगारका अवसरको सृजना हुने , सन्तुलित एवम् समावेशी विकासका अवधारणा बजेटको प्राथमिकतामा राखिएको छ । बिहिबार गाउँसभाको कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ का लागि संघीय सरकारबाट बित्तिय समानिकरण अनुदान १० करोड ७८ लाख तथा राजश्व वाडफाडबाट ६ करोड ४९ लाख ७५ हजार, सशर्त अनुदान १४ करोड ७७ लाख, बिषेश अनुदान १ करोड ६६ लाख राजश्व वाँड फाड ६ करोड ४९ लाख ७५ हजार त्यस्तै प्रदेश सरकारबाट बित्तिय समानिकरन ७२ लाख ४४ हजार विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, राजश्व वाँड फाड २३ लाख ८३ हजार ९६१, चालुतर्फ १९ करोड ८८ लाख र पुजीगत तर्फ १५ करोड २९ लाख २ हजार ९६१ गरी जम्मा ३५ करोड १७ लाख २ हजार ९६१ रुपैयाको बजेट सार्वजनिक गरेको छ । एकडारा गाउँपालिकाका पालिका बासीहरुको जिउ ज्यानको संरक्षण गर्नु गाउँपालिकाको प्रमुख दायित्व रहेको जनाउदै एकडारा गाउपालिकाले कोभिड-१९ को महामारी नियन्त्रण प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी प्रदेश सांसद रानीशर्मातिबारीले आफ्नो सुभकामना मन्तब्य राख्दै यस एकडारा गाँउपालीकाको बिभिन्न बिकासका लागी प्रदेश सरकारबाट हुने कार्यमा सक्दो प्रयास जारी रहने भन्दै नितिकार्यक्रमा प्रस्तुत गरीएको बिषयबस्तु आगामी आवमा पुणर्तः लागुहुने बिश्वास ब्यक्त गर्नु भयो । एकडारा गाउँपालिकाका अध्यक्ष साहलेल आफ्ना भनाइ राख्दै एकडारा गाउँपालिकामा निकै बिकास निर्माणका कार्यहरु भएको र आगामी समयमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् । जनताले चाहेमा बिकास हुने र जनताले नै चाहेमा बिनाश हुने बताउदै उनले भने “एकडारा गाउँपालिकामा आ.व.मा प्रस्तुत गरिएका बजेटलाइ सदुपयोग गरि बिकासका कार्यहरु गरिने छ ।“ हरेक वडामा गुणस्तरीय बिकास गर्ने ,स्थानीयको सहजताको लागि गाउपालिकाले सक्दो प्रयास गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
कार्यक्रममा एकडारा गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरले स्वागत मन्तब्य राख्नु भएको थीयो ।
प्रायः पालिकाकामा व्यापक विवाद र विरोधका बिच नगर तथा गाउँसभा गरेको बेला एकडारा गाउँपालिकाले भने विपक्षी दल, जनप्रतिनिधि लगायतलाई समेटेर सौहार्दपूणर् वातावरणमा गाँउसभा सम्पन्न गरेको हो ।









































































































