Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

खाद्यान्न बाड्दै मर्चवार सामुदायिक बिकास केन्द्रका युवाहरु ज्ञानेश्वर उपाध्याय

प्रतिक्षा खबर
२०७८ जेष्ठ ३०, आईतवार ०५:३१

भैरहवा, २९ जेठ
दोस्रो लहरको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण विशेष गरी दैनिक ज्यालादारीमा काम गर्ने मजदूर र विपन्न परिवारलाई बिहान–सांझ छाक टार्न समस्या भएको छ । यही समस्यालाई मध्यनजर गर्दै मर्चवार सामुदायिक बिकास केन्द्रको टिमले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । शनिवार रुपन्देहीको सिद्दार्थनगर नगरपालिका–९ स्थित भिआइपी पथका २१ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो। निषेधाज्ञाको पालना गर्दै घरमा बसेका विपन्न नागरिक भोकै बस्नुहुँदैन भन्ने हाम्रो चाहना हो, त्यसैले उहाँहरुको घरदैलोमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका छौं, ’ कार्यक्रम संयोजक हिना तिवारीले भन्नू भयो ।

प्रतिपरिवार चामल ५केजी, आलु, प्याज १/१ केजी र सोयाबीन एक प्याकेट , दाल,नुन १ पैकेट,लगायत अन्य खाद्यान्न वितरण गरिएको भनी आजको बितरण कार्यक्रम ब्यवस्थापक बालमुकुन्द हरिजनले जानकारी दिनु भयो ।

यस अघि मर्चवार सामुदायिक बिकास केन्द्रले भैरहवा, ओमसतिया र मर्चवार गरि ९४ विपन्न परिवारलाई खाद्यान्न र ३ओटा आइसोलेशन सेन्टर तथा बेलहिया होल्डिङ्ग सेन्टरमा गरि १२० कार्टुन मिनिरल वाटर र सेनिटाइजर बितरण गरिसकेको संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायले बताउनु भयो।
मर्चवार सामुदायिक बिकास केन्द्रले खाद्यान्न सहयोग अभियान संचालन गरेको आज १६ औं दिनको कार्यक्रममा संस्थाका अभियानकर्मी बिनय यादव,हिना तिवारी , इन्द्रकमल त्रिपाठी र अकलेश यादव तथा बालगोबिन्द हरिजन लगायतको सक्रिय सहभागिता रहेको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर