Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

खाद्यान्न बाड्दै मर्चवार सामुदायिक बिकास केन्द्रका युवाहरु ज्ञानेश्वर उपाध्याय

प्रतिक्षा खबर
२०७८ जेष्ठ ३०, आईतवार ०५:३१

भैरहवा, २९ जेठ
दोस्रो लहरको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण विशेष गरी दैनिक ज्यालादारीमा काम गर्ने मजदूर र विपन्न परिवारलाई बिहान–सांझ छाक टार्न समस्या भएको छ । यही समस्यालाई मध्यनजर गर्दै मर्चवार सामुदायिक बिकास केन्द्रको टिमले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । शनिवार रुपन्देहीको सिद्दार्थनगर नगरपालिका–९ स्थित भिआइपी पथका २१ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो। निषेधाज्ञाको पालना गर्दै घरमा बसेका विपन्न नागरिक भोकै बस्नुहुँदैन भन्ने हाम्रो चाहना हो, त्यसैले उहाँहरुको घरदैलोमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका छौं, ’ कार्यक्रम संयोजक हिना तिवारीले भन्नू भयो ।

प्रतिपरिवार चामल ५केजी, आलु, प्याज १/१ केजी र सोयाबीन एक प्याकेट , दाल,नुन १ पैकेट,लगायत अन्य खाद्यान्न वितरण गरिएको भनी आजको बितरण कार्यक्रम ब्यवस्थापक बालमुकुन्द हरिजनले जानकारी दिनु भयो ।

यस अघि मर्चवार सामुदायिक बिकास केन्द्रले भैरहवा, ओमसतिया र मर्चवार गरि ९४ विपन्न परिवारलाई खाद्यान्न र ३ओटा आइसोलेशन सेन्टर तथा बेलहिया होल्डिङ्ग सेन्टरमा गरि १२० कार्टुन मिनिरल वाटर र सेनिटाइजर बितरण गरिसकेको संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायले बताउनु भयो।
मर्चवार सामुदायिक बिकास केन्द्रले खाद्यान्न सहयोग अभियान संचालन गरेको आज १६ औं दिनको कार्यक्रममा संस्थाका अभियानकर्मी बिनय यादव,हिना तिवारी , इन्द्रकमल त्रिपाठी र अकलेश यादव तथा बालगोबिन्द हरिजन लगायतको सक्रिय सहभागिता रहेको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर