Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : मुख्यमन्त्री राउत

प्रतिक्षा खबर
२०७६ माघ २८, मंगलवार २१:२४

नागेन्द्र यादव
महोत्तरी :
महोतरीको बर्दीवासमा रहेको गौतम होटलमा अआयोजना गरिएको ९औ विश्व रेडियो दिवस रेडियो र विविधतामा आधारित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा व्याप्त कुरितिहरुको न्यूनिकरणमा सामुदायिक रेडियोहरुले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

सामुदायिक रेडियो प्रशारक संघले ९ औं विश्व रेडियो दिवसको अवसर पारेर आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको रेडियो र विविधता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।सबैको पहुँचमा रहेको प्रमुख संचार माध्यम रेडियोबाट प्रशारण हुने जनचेतना मुलक कार्यक्रमहरुले थुप्रै कुरितीहरु अन्तको कागारमा रहेको उल्लेख गर्दै उनले सामुदायिक रेडियोहरुको यस अभियानमा प्रदेश सरकार समेत सहयात्री बन्ने प्रतिबद्धता जनाए ।

कानून निर्माणको चरणमा रहेको प्रदेश सरकारले समाजिक रुपान्तरणको क्षेत्रमा गरेको कार्यहरु बारे जनतालाई सुसूचित गराउने अभिभारा सामुदायिक रेडियोहरुको रहेको पनि बताए ।मुख्यमन्त्री राउतले सामुदायिक रेडियोहरुलाई सशक्त बनाउन प्रदेश सरकार अगामी दिनमा रणनीति नै बनाएर अघि बढने विश्वास दिलाए ।

संघका उपाध्यक्ष निमिष कर्णको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका महासचिव गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शितल साह, मटिहानी नपाका नगर प्रमुख हरिप्रसाद मण्डल सहितका वक्ताहरुले प्रदेश सरकारले सामुदायिक रेडियोहरुको वृति विकासका लागि सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर