• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

ठाकुर संसदीय दलकाे नेता हाेइन अध्यक्ष यादव


ठाकुर संसदीय दलकाे नेता हाेइन अध्यक्ष यादव

काठमाडाैँ : केपी शर्मा ओलीलाई सत्तामा नै राख्‍ने कि नयाँ गठबन्धनमा जाने भन्‍ने अन्यौलतासँगै नेतृत्वबीच मत बाझिदा जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर समूह ओलीलाई नै सत्तामा राख्‍न चाहन्‍छ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूह ओलीको विकल्प खोज्‍न लागि परेको छ । यही विवादले चर्को रूप लिएपछि जसपा फुटको संघारमा पुगेको हो ।
यादव समूहले सोमबार विपक्षी गठबन्धन नेपाली कांग्रेस र माओवादीसँगै प्रधानमन्त्रीको विपक्षमा मतदान गर्‍यो भने ठाकुर समूहका १५ सांसद तटस्थ बसेका थिए । आफ्नै दलका नेताले ह्विप उल्लंघन गरेपछि प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्‍वासको मत गुमाइसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको माग बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न बैशाख ३० गते राति ९ बजेसम्मको समय सोमबार दिएकी छन् ।
उनले दिएको समयमा विपक्षीले बहुमत पुर्‍याउन नसकेमा धारा ७६ को उपधारा ३ अनुसार अ‍ोलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ । नयाँ बन्‍ने प्रधानमन्त्रीले ३० दिन भित्र विश्‍वासको मत लिन पर्ने संवैधानिक व्यवस्था छ । त्यसो हुन नसके मुलुकलाई निर्वाचनमा लैजान पर्छ । त्यो बीचमा उनले संकटकाल देखाएर निर्वाचन अवधि लम्ब्याउन भने सक्छन् ।
राष्ट्रपतिको समयसीमा लगत्तै जसपाभित्र विवाद सुरु भएको हो । जसपाका अध्यक्ष ठाकुरले सोमबार राति नै विज्ञप्ती जारी गरेर जसपा र ओली नेतृत्वको सरकारबीच वार्ता सकरात्मक ढंगले अघि बढेको भन्दै मुद्दा सम्बोधनलाई नै ध्यानमा राखेकाे स्पष्ट पारेका छन् । ‘कुनै पनि किसिमको वैकल्पिक सरकारको गठनमा हामी संलग्‍न हुने छैनौँ ,’ ठाकुरले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
ठाकुरले राष्ट्रपति कार्यालयलाई आफू नै प्रथम अध्यक्ष भएको र यादवको निर्णय आधिकारीक नभएको जानकारी गराइसकेका छन् । यद्यपि यादव समुहले भने दल र पार्टीको कार्यकारिणीमा आफ्नो बहुमत भएको दाबी गर्दै आएको छ । ‘उहाँ एक्लैले गरेर केही हुँदैन । उहाँ अध्यक्ष हो तर संसदीय दलको नेता होइन । हाम्रो संसदीय दलको नेता चयन भएपछि आधिकारीक निर्णय राष्ट्रपतिकोमा जानेछ,’ यादवले भने ।
ठाकुरले गरेको कार्य विधिसम्वत नभएको यादवले बताए । किन यस्तो भइरहेको हो, भन्‍नेबारेमा छलफल भइरहेको र आवश्यक परे पार्टीले कारबाहीसम्मको नीति अख्तियार गर्ने यादवले बताए ।
जसपा वरिष्ठ नेता राजेन्द्र महतोले पनि अध्यक्ष यादव सत्ताको खेलमा लागेको आरोप लगाउँदै आएका छन् । ठाकुर र महतो ओली सरकारको पक्षमा देखिएका छन् । ओली नेतृत्वको सरकारले नै मधेसको मुद्दा सम्बोधन गरिरहेको बेला कांग्रेस र माओवादीले सुरु गरेको सत्ताको खेलमा पार्टी लाग्‍न नहुने महतोको धारणा छ ।
जसपाका तर्फबाट कसैले सरकार बनाउने दाबीसहित राष्ट्रपतिलाई पत्र पठाएमा आफ्नो तर्फबाट पनि पत्र आउने जानकारी राष्ट्रपति कार्यालयलाई दिएको ठाकुरले जनकारी दिएका छन् । जसपाभित्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई प्रधानमन्त्री ओली प्रतिगमनको नाइके भएको भन्दै उनलाई साथ दिन नहुने बताउदै आएका छन् । सभार इकागज

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२८ बैशाख २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२८ बैशाख २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२८ बैशाख २०७८, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२८ बैशाख २०७८, मंगलवार
Next Post
प्रदेश २ सरकारले माग्यो ४ हजार थान अक्सिजन सिलिण्डर

प्रदेश २ सरकारले माग्यो ४ हजार थान अक्सिजन सिलिण्डर

प्रादेशिक अस्पतालमा ताेडफाेड गर्ने दूइजना पक्राउ

प्रादेशिक अस्पतालमा ताेडफाेड गर्ने दूइजना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh